शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन्
उनले आत्मदाह प्रयास गरेकी हुन् ।
पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थिइन् । उनी साउन २० बाट आमरण अनशनमा छिन् । प्रहरीले उनको साथबाट पेट्रोल लगेको बट्टा र लाइटर बरामद गरेको छ । अहिले उनलाई उपचारका लागी प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगेको छ ।







