। नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरुलाई एक महिनाको तलव बराबर ‘वार्षिक उत्सव भत्ता’ दिन गृहकार्य थालेको छ ।
गत आर्थिक वर्षमा १८ अर्बभन्दा बढी नाफा कमाउने हिसाव निकालेपछि प्राधिकरणले ‘वार्षिक उत्सव भत्ता’का नाममा घुमाउरो तरिकाले ‘बोनस’ दिने तयारी गरेको हो । त्यसका लागि प्राधिकरणको बोर्ड बैठकमा प्रस्ताव पेश गर्ने गृहकार्य गरेको हो ।
सरकारको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ अनुसार कुनै पनि सार्वजनिक संस्थानले महामारीका फ्रन्टलाइनरबाहेक कसैलाई प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेवापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता, खाजाखाना लगायत कुनै प्रकारका भत्ता दिन पाइँदैन ।
मुलुकमा आर्थिक समस्या देखिएकाले सरकारले चालु खर्च घटाउने नीति लिएको छ । यस्तो अवस्थामा प्राधिकरण भत्ताका रुपमा बोनस बाँड्न अग्रसर भएको हो ।








