अभियान खबर
बैशाख २७ ,
काठमाडौं । सरकारले लगातार दुई दिनभन्दा बढी भएमा अस्पतालसहितका कार्यालयहरु खुल्ने व्यवस्था मिलाउने भएको छ । सरकारले लगातार तेस्रो दिन पनि सार्वजनिक विदा हुने अवस्थामा विभिन्न सरकारी निकाय अस्पतालहरुको सेवा सञ्चालन गर्ने व्यवस्था गर्ने गरी राजत्रपमा सुचना प्रकाशित गरेको छ ।
आगामी १ जेठबाट आइतबार पनि सार्वजनिक विदा दिनेबारे सरकारले प्रकाशित गरेको राजपत्रले सेवाग्राहीको चाप हुने सरकारी निकायहरुलाई शनिबार र आइतबार लगत्तैको दिनहरुमा अरु विदा परेमा सेवा सञ्चालन गरिराख्ने गरी व्यवस्था गरिने उल्लेख छ । दशैं तिहारको विदामा भने यो व्यवस्था लागू हुने छैन