रामेछाप खाडादेबी गाउपालिका ५ बिक्रम दिप श्रेष्ठ लाइ अहिले किसान लाइ असार र मंसिर जस्तै उहालाई पनि यतिबेला चुनाव लागेको छ । उनी नेकपा माओवादी केन्द्रको एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेकी हुन् । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा रामेछाप खाडादेबी गाउँपालिकाको वोड़ा अध्यक्ष उम्मेदवार बनाएपछि उनी अहिले चुनावी दौडमा लागेको छन् । पहिले देखि आवद्ध भएर माओवादी आन्दोलनमा जोडिएको यसअघिको निर्वाचनमा अध्यक्षको उम्मेदवार थियो । थोरै मत ले पराजित भए पनि फेरी पनि जनताको समस्या समाधानका लागि चुनावमा होमिएको हुन् ।
घरदैलोका क्रममा जनताबाट अपार समर्थन प्राप्त भएकाले यसपटक आफू विजयी हुने उनको विश्वास छ। घरदैलोका क्रममा श्रेष्ठले मत माग्दै जनताका गुनासाहरु सुन्ने र समाधानको प्रविवद्धता व्यक्त गर्दै आएकी छन् । उनले भनिन्,“जनताले अहिले परिर्वतन चाहेका छन् । यसअघिको नेतृत्व असफल भएकाले यसपटक माओवादीको विकल्प छैन ।”
युवाहरुको साथ सहयोग र क्षमताको परिचालन गरेर किसान, मजदुर, ज्येष्ठ नागरिक, आमा दिदी बहिनीहरुको सेवा गर्ने आफ्नो योजना रहेको श्रेष्ठले बताए ।



।