रामेछाप ।
अभियान खबर
खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको एक दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गाउँपालिका अध्यक्षमा दोहोरिन चाहेका तामाङले टिकट नपाएपछि मन्थलीमा पत्रकार सम्मेलन गरी नेकपा एसमा प्रवेश गरेका हुन् ।
जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिटव्युरो सदस्य होम बाहादुर बुढाथोकीलगायतका नेताहरुको उपस्थितिमा उनी नेकपा एसमा प्रवेश गरेका हुन् ।