काठमाडौं
अभियान खबर
चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरेका छन्। वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको तयारी गरेका छन्।
उनले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन्। सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।