अभियान खबर
बैशाख ५ ,
पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएका छन् । ४६९१ जनामा गरिएको नमूना परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा १९५२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ११९५१ जनाको मृत्यु भएको छ भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।