अभियानखबर
पोखरा
म ५७ बर्षकी भएँ तर मलाई अझै पनि १७ बर्ष कै छु जस्तो लाग्छ ।
यो कोभिड आयो नत्र त दैनिक १० किलोमीटर साइकल चलाउथे। र म त्यो भन्दा पनि बढी साइकल चलाउने कोशिश गर्थे । तर अब म फ़ेरि तयार भएकी छु । मैले यो सब कहिलेदेखि सुरु गरेँ, म भन्न सक्दिन । हो मैले भन्ने पर्छ म सधैं साइकल चलाउनको लागि सक्रिय थिए।
यतिकै एकदिन मैले साइकल भाडामा लिएर चलाउन थाले । र कहिलेकाही जब म राजमार्गमा साइकल चलाउन जाँदा मेरो छोरालाई मेरो चिन्ता हुने गर्थ्यो। मैले उसलाई भने: तिमिले मेरो चिन्ता नलिनु, मसँग मोबाइल छ , हराए भने म गुगल म्यापको सहयोग लिएर आउनेछु।
मानौं कहिले कसो, मेरो मोबाइलको ब्याट्री सकियो भने कसैसँग मद्दत मागेर घरसम्म आउँछु। “मात्र तिमिले यति याद गर्नुपर्छ कि. जब म साइकल चलाउन जान्छु र तिमिलाई कुनै नचिनेको नम्बर बाट फोन आयोभने तुरुन्तै फोन उठाउनु।”
केहि दिनपछि , उसले आफै मलाई यो साइकल र हेलमेट गिफ्ट दियो।खुलेर जिउनुको नाम नै जिन्दगी हो..अब हेर सन्तोष जब मैले यो साइकल पार्किङ गर्छु , मेरो कुनै साथिको फ़ोन आउँछ नास्ता खानको लागि म तुरुन्तै जान्छु। अब त मेरो सबै जिम्मेवारी सकियो, छोराछोरी सेटल भए, नातिनातिना स्कुल जान थाले…अब मैले आफ्नै लागि बाच्नु छ, खुशी र सक्रिय हुनु छ , अरु के चाहियो र ।

सन्तोष कार्की मौसुफ को वाल बाट साभार