• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राप्रपाले आजदेखि देशव्यापी चुनावी अभियान थाल्ने, कसलाई कहाँ खटाइयो ?


  •    संवाददाता/ सोमबार, चैत २८, २०७८  

  • २८ चैत्र २०७८,

    राप्रपाले आजदेखि स्थानीय तहको निर्वाचन लक्षित देशव्यापीरुपमा ‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’को औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

    राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ । राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

    पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरु मध्य विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर,  राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ, हरि प्रसाद घिमिरे तेह्रथुम, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, दिनेश कुमार साह संखुवासभा, मोहन प्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, अर्जुन राई ओखलढुङ्गा खटिएका छन् ।

    यसैगरी वीरेन्द्र प्रसाद लाल कर्ण सिराहा, राजनारायण प्रसाद साह पर्सा, किशोर बहादु कार्की बारा, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर, रविन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, प्रविण कुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, प्रमोद विष्ट अर्घाखाँची, हिकमत जङ कार्की पाल्पा, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, जयलाल पुन स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा. धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, गोपाल प्रसाद पौडेल पाँचथर, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरुङ्ग मनाङमा केन्द्रीय प्रतिनिधि खटिएको श्रेष्ठले बताए ।
    राप्रपाले निर्वाचन स्थानीय तहको निर्वाचनका उमेदवार छनौटका लागि सम्बन्धित तहमा ताकेता पनि गरिरहेको छ । उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.