• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्यालको हुलको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिदैँन : केपी ओली

"स्यालको हुलको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिदैँन : केपी ओली  "

  •    संवाददाता/ शुक्रबार, चैत २५, २०७८  

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुप्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनुभएको छ ।

    बर्दिया जिल्लाको गुलरियामा आज (बिहिबार) आयोजित नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओालीले आफू सरकारमा रहेका बेला मुक्त कमैया भूमिहिन सुकुम्बासीहरुको समस्या अन्त्य गर्नका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर भूमिहिनलाई भूमिको मालिक बनाउन थालेकै बेला परमादेशका कारण सरकार छोड्नुपरेको बताउनुभयो ।

    नेकपा एमाले सरकारमा रहँदा घर नभएकाहरुलाई जनता आवासका नाममा हजारौं घर निर्माण, हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग निर्माण, राष्ट्रिय गौरवका आयोजना, प्रत्येक पालिका जोाड्ने सडक, अस्पताल निर्माणका लागि बजेट प्रयाप्त पुग्ने उहाँले बताउनुभएको छ । अहिले त्यो बजेट कहाँ गएको छ भन्दै अध्यक्ष ओलीले प्रश्न समेत गर्नुभयो ।

    अध्यक्ष ओलीले बिहिबार नै गुलरिया नगरपालिकाकी उपप्रमुख एवं काँग्रेस निकट नेपाल महिला संघकी केन्द्रीय सदस्य शुसिला गिरी, गुलरिया नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष निरज कुमार शर्मा, जसपाका लुम्बिनी प्रदेश सदस्य बालकृष्ण खनाल लगायत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा समाजवादी लगायत विभिन्न पार्टीबाट २ हजार ५ सय भन्दा बढी ब्यक्तिहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो

    साभार लोकपाटि डट कम

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.