अभियान खबर , नेप्से सूचक गत पाँच दिनदेखि लगातार घट्दो क्रममा देखिएको छ। गत पाँच दिनमा नेप्से सूचक १३९ अंकले घटेर २४२८.७५ विन्दुमा झरेको छ।
बुधबार पनि नेप्से सूचक २३.३२ अंकले घटेको छ। यस दिन नेप्से सूचकको साथै सेन्सेटिभ सूचक पनि २.२८ अंकले घटेको छ।
बुधबार कारोबार रकम पनि घटेको छ। अघिल्लाे दिन साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा यस दिन २ अर्ब भन्दा कमको शेयर कारोबार भएको छ। यस दिन ४३ लाख ७९ हजार ४२ कित्ता शेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँमा खरिद बिक्री भएको छ।
यस दिन नेश्डो लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटलको ३.९९ प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ३.९४ प्रतिशत र युनाइटेड इदी मर्दि हाइड्रोपावरको २.३० प्रतिशतले बढेको छ।
यस्तै इमर्जीङ्ग नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ भने राष्ट्र उत्थान लघुवित्तको ५.४७ प्रतिशत, बुद्धभुमी हाइड्रोको ४.०७ प्रतिशत, नेपाल सेवा लघुवित्तको ३.९२ प्रतिशत र शिखर इन्स्योरेन्सको ३.७५ प्रतिशतले घटेको छ।
यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख, नविल बैंकको ६ करोड ७ लाख, शिवम सिमेन्ट्सको ५ करोड ३१ लाख र नेपाल लाइफको ४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहकाे सूचक नकारात्मक देखिएको छ।