• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेप्से ओरालो लागेपछि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुस्ताउन थालेको छ।


  •    संवाददाता/ आइतबार, चैत २०, २०७८  

  • नेप्से निरन्तरजसो ओरालो लागेपछि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुस्ताउन थालेको छ। चैत २० गते आइतबार नेप्सेमा कुल १ अर्ब ४६ करोडको शेयर कारोबार भएको छ।

    यो रकम पछिल्लो साढे १७ महिना यताकै न्यून हो। यस अघि २०७७ असोज २९ गते, बिहीबार नेप्सेमा १ अर्ब ४२ करोडको शेयर कारोबार भएको थियो। यस दिनको कारोबार रकम सोपश्चातकै न्यून हो।

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३०.८९ अंक घटेर २५१३.४१ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक घटेको छ।

    यस दिन २२५ स्टकको २८ हजार ११३ पटकको कारोबारमा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको ३२ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। २२५ स्टकमध्ये यस दिन २९ स्टकको मात्र शेयरमूल्य बढेको छ भने १८८ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य यस दिन स्थिर रहेको छ।

    नेप्से ओरालो लागेपनि यस दिन तीन स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ। यस दिन युनाइटेड इदी मार्दी र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

     

    आइतबार १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.