काँडा भित्र फुल्न सक्छ राम्राे खालकाे फुल,
त्यहि फुललाई जाेगाई राख्नु नगरेर भुल,
जहाँ दु: ख त्यहाँ सुख हुन्छ भन्ने गर्थे सब,
परिक्षाकाे पर्खाईमा हेर्दै बस्छन जनता जब,
चुनावकाे चहल पहल शुरु हुने भयाे अब,
चलखेल शुरु हुन्छ भन्छन के के कुरा सब,
उदारवाद बने हुन्थ्याे दु : ख गरि बाच्नेलाई,
सबज सिकाईदिए हुन्थ्याे वरिपरि नाच्नेलाई,
तानावाना बुन्दै हाेलान पहुँच पैसा हुनेहरु,
कति जाल बुनेकाछन खलनायक बन्दै अरु,
माेज मस्ती गरि खाई उनैसँग घुलमिल्नेलाई,
महङ्गाे छ नीति विधि पच्छ्याएर चल्नेलाई,
दु : ख गर्दै अघि बढ्छु भन्नेलाई स्थान छैन,
मुल्याङ्कन कहिले हुन्छ कसैलाई थाहा भैन,
सम्मान पाउन माया दिन जान्नुपर्छ सबले यहाँ,
न्याय हराएकाे याे देशमा विश्वास गर्न मिल्छ कहाँ,

लेखिका बिजया सुबेदी को फेसबुक वाल बाट साभार गरियको हो उहा एमाले नेता पनि हुनुहुन्छ