मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।
वृष : दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मिथुन : स्वास्थ्यमा विशेष ख्याल गर्नु उचित हुनेछ । आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ ।
कर्कट : शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
सिंह : शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन् । लगानी गरेको भए फाइदा हुनेछ । धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन् ।
कन्या : शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्ने छन् । परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ ।
तुला : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानी सफल बन्नेछ । विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ ।
धनु : दिन राम्रो छ । आज शुभकार्यमा सरिक हुँदा मनमा उत्साह बढ्ने छ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ ।
मकर : दिन सहज छ । धन लाभ हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ ।
कुम्भ : साथीसँग जोगिएर काम गर्नुपर्ने समय छ । परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ ।
मीन : महत्त्वपूर्ण काम बन्नेछन् । शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ । सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ








