यो कसैको समर्थन र बिरोध भन्दापनी digital war अनि त्यो कति खतरापूर्ण छ भन्ने बिसय मुख्य हो। के तपाइको सोच र मस्तिष्क आज तपाइको नियन्त्रणमा छ ? वा तपाइको मस्तिष्क अरु कसैको नियन्त्रणमा हुदा यसले मानव जिबनमा कस्तो स्थिती पैदा गर्न सक्छ भन्ने कुराको विश्लेषण आजको उदेश्य हो। तपाइको चेतना नै विध्वंस भएको स्थितिमा सत्य असत्य अपराध र हिंसा छुट्टाउन सकिएन भने के होला कल्पना गर्नुस त।एउटा अपराधीलाई आफ्नो सम्झनु र एउटा आफ्नो लाई अपराधी ठहर गर्नुले मानव जीवन सुरक्षीत होला? एकै छिन घोत्लिनुहोस त जब हाम्रो मस्तिस्कले पहिचान गुमाउदा कति खतरा पैदा हुन्छ। कतै तपाइको मस्तिष्क त अरु कसैको नियन्त्रणमा छैन ?
आउनुहोस् चर्चा गरौ । १९५० को दसकमा एकजना बैज्ञानिक उनको नाम सोलोमन थियो।उनले एक प्रयोगशालामा मानिसलाइ कसरी नियन्त्रण र प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गरेका थिए। उनको उदेश्य थियो कि मिडिया पावर सन्सारकै शक्तिशाली हतियार मा रुपान्तरण गर्नु ।जो आज पुजिबादी देसहरुले बिकासोन्मुख र गरिब रास्ट्रहरुमाथी दमन गर्न मानबलाइ नियन्त्रणमा राख्ने अचुक अनुसन्धान थियो। बैज्ञानिक सोलोमनले उक्त प्रयोग र अनुसन्धानको लागि सय जना मानिसलाइ एउटा ठूलो हलमा आमन्त्रित गरे। ती सयजना ब्याक्तिलाई अनुसन्धान बारे सिकाइयो। सोलोमनले दुई वटा प्लेकार्ड बोकेका थिए ।
एउटा प्लेकार्डमा एउटा मात्रै बिरालोको चित्र बनाइएको थियो भने अर्को प्लेकार्डमा उस्तै उस्तै देखिने तिनवटा चित्र बिरालो,बाघ र चितुवाको थिए। उक्त प्लेकार्ड मा १ . नम्बरमा बिरालो थियो। २ . नम्बरमा बाघ थियो। ३ नम्बरमा चितुवा थियो।जो कोहिले पनि यो बिरालो हो ,यो बाघ हो ,यो चितुवा हो भनेर अनुसन्धान गर्दा छुट्टाउनु सजिलो थियो।तर ती सय जनालाइ यी दुई मा कति नम्बरमा बिरालोको चित्र छ भन्दा जो कोहिले 1 नम्बरमा बिरालो छ भन्न सक्दथ्यो।तर सोलोमनले 2 नम्बरको बाघलाइ देखाउनु भनेर ती सयजनालाइ भन्न लगाइयो। उनिहरुलाइ बैज्ञानिक सोलोमनले यस्तै तालिम दिएका थिए। सोलोमनका तालिमप्राप्त ती सहयोगि सयजनालाइ हलको अगाडि सिटमा बसाइयो। बैज्ञानिक सोलोमनले पुन बाहिर बाट अरु पाँचसय मानिसलाइ बोलाए।ती मध्ये कसलाइ पनि यो बिसयमा केही जानकारी गरिएन। ती मानिसलाइ बैज्ञानिक सोलोमनले हलको पछिल्तिर बसाए।
अब अगिका दुइवटा प्लेकार्ड बोकेर बैज्ञानिक सोलोमन हलको अगाडि स्टेजमा उक्लिए। सोलोमनले भने म सबैलाइ एक एक गर्दै प्रस्न गर्दछु। जसलाइ सोध्छु उसले मात्रै उत्तर दिने।उनले अगाडिका आफ्ना तालिमप्राप्त मानिस जो सयको संख्यामा थिए तिनिहरु बाट एक एक गरि सोध्न सुरु गरे। पहिलो प्लेकार्ड मा भएको बिरालो दोश्रो प्लेकार्ड को कति नम्बरमा छ ? सोलोमनले पालै पालो एक एक गर्दै आफ्ना सहयोगि बाट सोध्न सुरु गरे। ती तालिम प्राप्त सयजना सबैले दुई नम्बरमा भने। दुई नम्बरमा त बाघ थियो। तर ती तालिम प्राप्त आफ्ना सहयोगिलाइ सोलोमनले त्यही सिकाएका थिए।अब ती पाचसय जना तालिम नलिएका मानिसहरु जान्दाजान्दै पनि अलमल परे।सयजनाले एउटै उत्तर दिएको देखेर तिनिहरु मध्ये अधिकाम्श भ्रमित भए।किनकी सयजनाले दुई नम्बर भनेका थिए। हो मुख्य कुरा यहिनेर छ। उनिहरु त्यो सयजनाको भिडबाट बाहिर निक्लन सकेनन। भ्रमित भए। कसरी सयजनाले दुई नम्बर रोजे त भन्ने कुराले चेतनामा भ्रमित बनायो।हो साथी हो हामीलाइ भिडबाट एक्लै सत्य रोज्न गाह्रो हुन्छ।यो कठिन काम हो।सत्य जान्दाजान्दै हामिमाथी भिडको दबाब हुन्छ।सबैले यहि रोज्दैछन भनेर भिडको दबाबमा हामी हराउछौ।भिडकै उत्तर सहि होला भन्ने लागेर त्यही रोज्न पुग्छौं ।
अब सोचौं त्यो भिड हामी सामाजिक संजाल प्रयोगकर्ता हौ। त्यो हल सामाजिक संजाल हो।त्यो दबाब भनेको एल्गोरिदम ले बनाएको लाइक कमेन्ट र सेयर हो। बैज्ञानिक र सयजनाको भुमिकामा ती संजाल बनाउने मालिकहरु हुन। तिनिहरुले नै त्यो ठूलो मासलाइ (पाचसयजना)घुमाउन सक्ने ल्याकत राख्दछन। सन्जालले भगवानलाई राक्षस र राक्षस लाई भगवान देखाइदिन्छ। एउटै अनुहार,एउटै भासण एउटै कुरा हजारौं पटक देखाइदिदा हामी सबैलाइ यहि सत्य हो भन्ने भ्रम पैदा हुन्छ।तपाईं हामिले बोकेको मोबाइलले तपाइलाइ निर्देसित गरिरहेको छ।मलाइ बिस्वास लाग्दैन कि तपाइको चेतना र मस्तिष्क ले तपाइलाइ निर्देशित गरिरहेको छ। मिडिया बाट धारणा बनाउनु नै तपाइको चेतनाको अपहरण हो। एल्गोरिदम यति शक्तिसाली छ कि जसले सडकबाट उठाएर सासक बनाइदिन सक्छ भने सासकलाइ सडकमा ल्याइदिन सक्छ। कसलाइ के बनाउने भन्ने कुरा को निर्णय आज एल्गोरिदमले गर्नेगर्छ। मिडिया एल्गोरिदमले भ्रमलाइ सत्य र सत्यलाइ भ्रममा सजिलै उभ्याउन सक्ने ल्याकत राख्दछ।एल्गोरिदमका हरेक सुचना अहिले सिधै तपाइको मस्तिष्क को सत्यलाइ हटाएर झुट रोपिदिन सक्छ।लाखौ भ्युज,कमेन्ट सेयर र बरम्बारको प्रहारले तपाइलाइ परिवर्तन गरिदिन्छ।
आफ्नो राक्षस देखिन्छ।राक्षस आफ्नो लाग्छ। कसलाइ के बनाउने त्यो सम्पुर्ण कुरा एल्गोरिदमले बन्द कोठाभित्र निर्णय गर्छ। त्यो जिम्मा सन्सारको पुजिबाद सग निहित छ। यहि हो आधुनिक मास साइकोलोजिकल वार भनेको। महिले बारम्बार सन्जालमा मेरो फेसबुक आइडी s.p.regmi बाट धेरै लेख्ने र बोल्ने गर्दथे। साथी हो हिजोको ak ४७ भन्दा आजको मिडिया पावर हज्जारौं गुणा सक्तिशाली छ। यसले छिनमा करोडौं मस्तिष्क ध्वस्त पार्छ। हामिले यो आर्क बढाउनु पर्छ भेटेजती साथिलाइ भनेहोला।तर बिडम्बना उल्टै सन्जालको नेता भनेर आफ्नै साथिहरुबाट उपमा पनि पाइयो। खैर केही छैन हामिले समय अनुसार आफुलाइ परिवर्तन गर्न नसक्दा नतिजा भोग्नु पर्यो। आज अन्यदेसले आफ्नै सन्जाल चलाउने निर्णयका पछि यहि कारण लुकेको हो।पुजिबादको एउटा बलियो हतियार प्राविधि र मिडिया हो। आज हामी अत्यन्त कमजोर हुनुको मुख्य कारण हाम्रा सम्यन्त्रहरु सहि नीति र प्राबिधिमुखी हुन नसक्नु हो।हामिले काम मात्रै गर्यौ प्राविधि प्रयोग गर्न जानेनौ। दस बर्सदेखी लेख्ने गरेको कुरा आज भोग्दा दुखद महसुस भएको छ।
लेखक सुरेन्द्र प्रसाद रेग्मी








