• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यस्तो छ प्रचण्डले ‘लुकाएको’ अर्बौंको अभौतिक सम्पत्ति

"यस्तो छ प्रचण्डले ‘लुकाएको’ अर्बौंको अभौतिक सम्पत्ति "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, चैत १७, २०८२  

  • प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि ठूलो बहस सुरु भएको छ । बहसको केन्द्रमा प्रचण्ड छन् । एकथरी ‘विद्वान’, ‘बौद्धिक राजनीतिज्ञ’ (माफ गर्नुहोला-योगेश भट्टराईको नाम लेख्न बाध्य भएकोमा), लेखक र पत्रकार छन् । अर्कातर्फ प्रचण्डका समर्थक र आम जनता छन् ।

    बहसको केन्द्रमा रहेका प्रचण्डमाथि आरोप छ- ‘उनले सम्पत्ति विवरण लुकाए, उनले छलढाँट गरे ।’ अर्काथरीले प्रतिवाद गर्दैछन्- ‘प्रचण्ड सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा हुर्केका नेता हुन्, उनीसँग सम्पत्ति कहाँबाट आउनु ? न उनले भ्रष्टाचार गरे, न नातागोता पोस्ने कुरालाई नै केन्द्रमा राखेर राजनीति गरे । राजनीति स्वयम्सेवा हो भन्दै आफ्नो जीवनलाई हत्केलामा राखेर हिँडेका प्रचण्डसँग कहाँबाट सम्पत्ति आउनु ?

    ठीक यस्तै तर्क हिजोका दिनमा कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाका पक्षमा समेत देखिन्थ्यो ।

    आलोचकहरुका लागि भने यो तर्कंसंगत लाग्दैन । उनीहरु भन्न खोजिरहेका छन्- प्रचण्डले मिथ्या रिपोर्ट सार्वजनिक गरेका छन् । उनले धेरै सम्पत्ति कमाएका छन् । ०३५ सालदेखि ०५२ सालसम्म र ०५२ देखि ०६३ सम्म उनले अर्बौं सम्पत्ति जंगलमा लुकाएका छन् । त्यसपछि शान्ति प्रक्रियामा आएपछि उनका हरेक गतिविधिहरु सम्पत्ति जोड्नमा मात्रै केन्द्रित छन् ।

    माओवादी विचारधारा या वादअन्तर्गतका यी सबै क्रान्तिलाई माया गर्ने र पोषण गर्ने साना-ठूला विद्यार्थी र स्कुल क्याम्पसहरु के प्रचण्डका सम्पत्ति होइनन् ? किन लुकाएको कमरेड प्रचण्ड आफ्नो यो सम्पत्ति ?

    शास्त्रीय अर्थशास्त्रमा सम्पत्तिलाई अचल पुँजीका रुपमा व्याख्या गरिन्थ्यो । खासगरी मुद्रा र भौतिक सम्पत्ति नै सम्पत्ति या मालका रुपमा चित्रण गरिन्थो । तर, भुमण्डलीकृत विश्वमा सम्पत्ति अब बौद्धिक, आत्मिक भएको छ । यस अर्थमा प्रचण्डसँग कति सम्पत्ति होला त ? यो पंक्तिकारलाई जिज्ञासा लागेको छ ।

    अर्बौंका मालिक

    प्रचण्डसँग ३ तोला सुन रहेछ । एक कट्ठा पुर्ख्यौली जग्गा । मलाई भने यो पत्यार लागेन । प्रचण्डसँग त्यति मात्रै हो र ? पत्यार लाग्दैन । आउनुस् लेखा-जोखा गरौं प्रचण्डको सम्पत्ति कत्ति छ ?

    त्यसोभए प्रचण्डको नाम लिनेवित्तिकै देश र जनताका लागि हाँसीहाँसी बलिदान गर्न तयार हुने पचासौं जनसेना नि ? के उनीहरु प्रचण्डले कमाएका सम्पत्ति होइनन् ?

    विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा गएका बेला, रुस छिन्नभिन्न भएर पूर्वी युरोपमा समाजवादी सत्ताहरु ढलेका बेला प्रचण्डलगायतले माओवादी स्कुलिङ अगाडि बढाए । जनयुद्ध शुरु भयो । त्यही स्कुलिङमा र अहिले त्यही विश्वविद्यालयका कतिपय क्याम्पसहरु देशमा खुलेका छन् । माओवादी विचारधारा या वादअन्तर्गतका यी सबै क्रान्तिलाई माया गर्ने र पोषण गर्ने साना-ठूला विद्यार्थी र स्कुल क्याम्पसहरु के प्रचण्डका सम्पत्ति होइनन् ? किन लुकाएको कमरेड प्रचण्ड आफ्नो यो सम्पत्ति ?

    वि.सं ०४७ सालमा बहुदलीय प्रजातन्त्र अन्तर्गत नयाँ सरकार बन्यो । लोकले केही त नयाँ होला भन्ने सोच्यो । खासगरी समाजका पिँधमा रहेका दलित, जनजाति, महिला, गरीब, क्षेत्रीय उत्पीडनमा परेकाहरुले अब त सामन्तवादी सत्ता ढल्यो । केही राम्रो होला भन्ने सोचे । तर, हिजोका जमिन्दार नयाँ जमिन्दारको स्वरुपमा देखा परे ।

    गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र तपाईको सम्पत्ति होइन र ? अनि यति बहुमूल्य सम्पत्ति लुकाउने तपाईले ?

    हिजोका पञ्चहरु नयाँ कोट लगाएर संसद पसे । जनताको अवस्था उही रहृयो । यस्तो अवस्थामा आम शोषित उत्पीडित जनताको पक्षमा प्रचण्डले बन्दुक उठाउनैपर्ने निर्णय गरे । त्यो निर्णय ठीक, बेठीक के थियो, इतिहासले बताउला, तर त्यो निर्णयपछि यी पिँधका निम्छराहरुको आवाज सतहमा आइपुग्यो ।

    यही सतहमा आवाज आएकै कारण दलित आयोग, महिला आयोगदेखि कैयन दाताहरु ओइरिए यी निम्छराहरुको उत्थानको दाबी गर्दै । जनयुद्ध रापिलो बन्दै गयो । हुँदाहुँदा देशबाट नै राजतन्त्रको अवसान भयो । कमरेड प्रचण्ड, तपाईले आफूले नेतृत्व गरेको यति ठूलो उपलब्धि हासिल गर्ने सम्पत्ति किन लुकाउनुभयो ?

    गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र तपाईको सम्पत्ति होइन र ? अनि यति बहुमूल्य सम्पत्ति लुकाउने तपाईले ?

    शान्ति प्रक्रियामा आएपछि प्रचण्ड सरकारमा गए । सरकारमा जाँदा उनले ‘प्रभु’हरुको बिरोध गरे । प्रभुहरुको इशारामा चलेको दलाल नोकरशाहीतन्त्रले प्रचण्डलाई देखी सहेन । प्रचण्डले राजीनामा दिनुपर्‍यो । यो श्रृंखला निरन्तर चल्यो । देशमा संविधान बन्ने अवस्थ्ाा भएन । तर, विभिन्न घुम्तीको बाटो पार गर्दै प्रचण्डले १६ बुँदे सम्झौताका लागि नेपाली कांग्रेस र एमालेलाई सहमत तुल्याउन सफल भए ।

    तपाईले भन्नुभएको बिर्सिनुभयो- पहिलोपटक हामी आफैले, आफ्ना लागि, आफ्नो संविधान बनाउन आधार तयार पार्ने काम गर्न सफल भयौं । यो तपाईको त्यही राष्ट्रवादी छवि थियो, जसले भारतको कुनै दबाव या जानकारीविना १६ बुँदेको आधार तयार गर्‍यो । यही १६ बुँदे सम्झौता नै नयाँ संविधानको आधार बन्यो । तर, बिडम्बना प्रचण्ड कमरेड, न तपाईले, न दिवंगत सुुशील कोइरालाजीले यो १६ बुँदे सम्झौतालाई आफ्नो सम्पत्ति देख्नुभयो । दुबै नेतालाई प्रश्न- देशलाई अग्रगमनमा लैजाने यो युगान्तकारी सम्झौता तपाईहरुको सम्पत्ति होइन र ?

    १६ बुँदेको जगमा देशमा संविधान जारी भयो । यो संविधानमा माओवादीले फरक मत दर्ता गर्‍यो । आफ्नो फरक मत भए पनि देशलाई केही मात्रात्मक उपलब्धिका आधारमा नै भएपनि अग्रगामी दिशामा लैजानुपर्छ भन्ने अठोटका साथ पचण्डले संविधान जारी गर्न अथक प्रयास गरे । यो संविधानले निमुखाहरुको वास्तविक राज्यसत्ता त स्थापना गर्न सकेन । तर, उपरी संरचनामा भने उल्लेख्य परिवर्तन अवश्य गर्‍यो ।

    gokarna
    गोकर्ण भट्ट

    देशमा राजतन्त्रको विधिवत अन्त्य, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्रलाई सैद्धान्तिक रुपमा संस्थागत गर्‍यो । कमरेड प्रचण्ड, के यो सम्पत्तिमा तपाईको हिस्सा लाग्दैन ?

    नयाँ संविधान जारी भएपछि मधेसमा उथलपुथल मच्चियो । मधेसले उठाएका मागहरु तपाईले फरक मतका रुपमा त्यसअघि नै राख्नुभएकै थियो । तर मधेसमा आगो सल्कियो । सरकारले त्यसलाई निभाउन खोजेन । उल्टै ५ दर्जन जनतामा मारिए मधेसीका नाममा । भारतले यहीबेला निहुँ खोज्यो । त्यसपछि सरकार फेरियो । सरकार फेरिनुको मुख्य कारण पनि सरकार संविधान कार्यान्वयनका लागि गम्भीर नहुनु नै थियो भन्ने कुरा पुष्टि भइसकेको छ ।

    तपाईकै शब्दमा शान्ति प्रक्रियाको पूर्णता संविधान कार्यान्वयनबाट मात्रै सम्भव छ । तपाई नेतृत्वमा आउनुभयो । हरेक दिन अहोरात्र खटिएर एकपछि अर्को काम गर्नुभयो । कसैले प्रभुको इसारामा भने, कसैले के-के । तर, तपाईले आज, भोलि, पर्सि गर्दै दीर्घकालीन महत्वका कामहरु शुरु गर्नुभयो । विदेशमा रहेका नेपालीहरुमा एउटा आशा पलायो । अहिलेसम्म आइपुग्दा त उपत्यकामा लोडसेडिङ नै छैन । यस्ता कैयन् अरु उदाहरण छन् ।

    मार्क्सको पूँजी पढेको दाबी गर्ने एमाले बौद्धिक भनिने नेताहरुले नै यसरी आलोचना गर्न थालेपछि तिनीहरुको नियतमाथि प्रश्न उठेको छ

    कमरेड प्रचण्ड, सरकारमा गएपछि दृढतापूर्वक जनताका पक्षमा गरिएका यी काम तपाईको सम्पत्ति होइन र ? अनि किन लुकाउनुभयो त यी सम्पत्ति ?

    आदरणीय आलोचक मित्रहरु, प्रचण्डले लुकाएका यी सम्पत्तिहरु पनि सार्वजनिक गर्ने कि ? सामान्य राजनीति नबुझ्नेले आलोचना गर्नु त ठीकै हो, तर मार्क्सको पूँजी पढेको दाबी गर्ने एमाले बौद्धिक भनिने नेताहरुले नै यसरी आलोचना गर्नथालेपछि तिनीहरुको नियतमाथि प्रश्न उठेको छ । प्रचण्डले भौतिक सम्पत्ति कमाएनन् । के यो कुरा अझै स्पष्ट पार्नुपर्ने हो ? तर गैर-भौतिक सम्पत्ति नि ? सक्नुहुन्छ तपाईहरुले त्यो कमाउन ?

    आसेपासेहरुलाई पनि, दलाली, कमिशनतन्त्र चलाउन तपाईहरुले सक्नुहोला, साँझपख जाँडका घैंटो बगाएर, डिस्को, डान्समा कम्मर मर्काएर पैसा उडाउन सक्नुहोला, विदेशी र विदेशी कम्पनी संस्थाहरुको दलाली गरेर अर्बौं कमाउन सक्नुहोला, राजधानीमा महल जोड्न सक्नुहोला । तर, के प्रचण्डले जुन नेपाली जनताको माया, देशप्रतिको आस्था र निष्ठाका लागि गरेको योगदानबाट जेजति कमाएका छन्, के त्यो कमाउन सक्नुहुन्छ ?

    हिन्दी सिनेमामा एउटा निकै चलेको उखान छ,दुई भाइबीचको संवादको ।

    दाइ : तेरे पास क्या है ? मेरे पास दौलत है, बंगला है, घर है, गाडी है…
    भाइ : मेरे पास माँ है माँ ।

    हो आलोचक कमरेडहरु, प्रचण्डसँग यही ममता छ, देशका लागि । यही कर्तव्य र कसम छन् देशका लागि । यही हो उनले लुकाएको अर्बौंभन्दा बहुमूल्य सम्पत्ति । सक्छौ भने यो सम्पत्ति सार्वजनिक गर्ने आँट गर ।

    (लेखक माओवादी समर्थक हुन्) साभार  अनलाइन खबर 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.