मोरङ प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१५ हडताली हाटका श्रीमान रोशन साहलाई मंगलबार राती पक्राउ गरेको हो । विराटनगर–१७ स्थित छाला फ्याक्ट्री पश्चिमको कल्भर्टमुनि मंगलबार साँझ तन्नामा पोको पारेर फयाँकेको सडिसकेको महिलाको शव फेला परेको थियो ।
शव बरामद गरेर सनाखत गरेर प्रारम्भीक अनुसन्धान गर्न ईलाका प्रहरी रानीले श्रीमान रोशनलाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रवक्त्ता डिएसपी लिलाराज लामिछानेका अनुसार श्रीमती कोमलकुमारी हराएको भन्दै ८ चैतमा श्रीमान रोशनले इलाका प्रहरी रानीमा खोजी गरिदिन निवेदन दिएका थिए । तर प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमती कोमल ६ चैतदेखी हराइरहेको र शव बेरेको तन्ना पनि घरकै भएको खुलेपनि प्रहरीले थप अनुसन्धानका लागि श्रीमान रोशनलाई मंगलबार राती नै पक्राउ गरेको थियो ।







