• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ट्रम्प झुट बोले कि इरान ? युद्ध अन्त्य गर्न उपलब्धिमुलक वार्ता भएको दाबी

"ट्रम्प झुट बोले कि इरान ? युद्ध अन्त्य गर्न उपलब्धिमुलक वार्ता भएको दाबी "

  •    अभियान हाम्रो डट कम / बुधबार, चैत ११, २०८२  

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब एक महिनाअघि बेन्जामिन नेतान्याहूसँग मिलेर सुरु गरेको इरान युद्ध अन्त्य गर्न उपलब्धिमुलक वार्ता भएको दाबी गरिरहेका छन् । तर, इरानका उच्च अधिकारीहरूले भने यस्तो कुनै वार्ता नभएको बारम्बार अस्वीकार गरेका छन् ।

    युद्धका बीच फैलिएको प्रचार र भ्रमका कारण कसको भनाइ सही हो भन्ने स्पष्ट हुन कठिन भएको छ । तर, दुवैपक्षले वार्ताबाट के फाइदा लिन सक्छन् भन्ने विश्लेषणले केही स्पष्टता दिन सक्छ । ट्रम्पले उच्च इरानी अधिकारीसँग ‘धेरै राम्रो’ वार्ता भई ‘महत्त्वपूर्ण सहमति’ भएको बताएका छन् । उनले दिएको पाँच दिनको समयसीमा अमेरिकी सेयर बजार खुलेको समयसँग मिलेकोले धेरैले यसलाई बजार र तेल मूल्य नियन्त्रणसँग जोडेर हेरेका छन् । पछिल्ला दुई सातामा मध्यपूर्व घटनाक्रमका कारण तेलको मूल्य करिब १२० डलरसम्म पुगेको थियो ।यसैबीच, अमेरिकाले वार्ताको कुरा उठाएर समय लिँदै मध्यपूर्वमा थप सेना पठाउने तयारी गरिरहेको आशंका पनि गरिएको छ ।तर, इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले भने अमेरिकासँग कुनै वार्ता नभएको दाबी गर्दै यस्तो समाचारलाई आर्थिक र तेल बजार प्रभावित गर्न गरिएको झुटो प्रचार बताएका छन् ।

    विश्लेषणअनुसार अमेरिकाले वार्ताको कुरा गरेर बजार शान्त पार्न खोजिरहेको हुन सक्छ भने इरानले त्यसलाई अस्वीकार गरेर उल्टै आर्थिक दबाब बढाउन चाहन्छ । इरानको उद्देश्य युद्धमार्फत अमेरिकालाई आर्थिक पीडा दिई भविष्यका आक्रमण रोक्नु हो ।अमेरिकाका लागि यो युद्ध आर्थिक र राजनीतिक रूपमा महँगो बन्दै गएको छ । तेल मूल्यवृद्धि, उपभोक्ता खर्चमा असर र आउँदै गरेको निर्वाचनले ट्रम्पमाथि दबाब बढाएको छ । उनले युद्ध लम्ब्याउने वा अन्त्य गर्ने दुवै अवस्थामा आलोचना सामना गर्नुपर्ने देखिन्छ ।यता, इरानका लागि पनि अवस्था जटिल छ । सरकारी तथ्यांकअनुसार १ हजार ५०० भन्दा बढी मानिस मारिएका छन्, पूर्वाधारमा ठूलो क्षति पुगेको छ र क्षेत्रीय सम्बन्ध बिग्रिएका छन् ।तर, केही कडा धारका इरानी नेताहरू युद्ध लम्ब्याएर अझ दबाब सिर्जना गर्न चाहन्छन् भने मध्यमार्गी पक्षले अहिले नै वार्ता गरी सुरक्षा ग्यारेन्टी वा स्ट्रेट अफ होर्मुजमा बढी नियन्त्रणजस्ता सहमति हासिल गर्नुपर्ने तर्क गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.