• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

युक्रेनको पक्षमा ‘३,००० अमेरिकी स्वयंसेवक युद्धमा होमिन तयार’


  •    संवाददाता/ आइतबार, फागुन २२, २०७८  

  • युक्रेनको पक्षमा लड्न करिब ३,००० अमेरिकीले स्वयंसेवा गर्ने: भ्वाइस अफ अमेरिका

    रुसी आक्रमणविरुद्ध लड्न युक्रेनले विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो। त्यसका लागि करिब ३,००० अमेरिकीले जवाफ दिएको वाशिङ्टन डीसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले भ्वाइस अफ अमेरिका समाचार संस्थालाई बताए।

    पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना पठाएका छैनन्। तर, लडाइँमा सहयोग गर्न युक्रेनलाई हतियार पठाउँदै आएका छन्।

    उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन्।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्‍याउन विदेशी स्वयंसेवकहरूको “अन्तर्राष्ट्रिय सेना” गठन गर्न आह्वान गरेका हुन्।

    केही दिन अघि, जेलेन्स्कीले लगभग १६,००० विदेशीहरूले युक्रेनलाई लडाइँमा मद्दत गर्न स्वयंसेवा गरेको अनुमान गरेका थिए।

    युक्रेनको बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब

    युक्रेनका बारेमा स्पष्ट अडान लिन भारत अत्यधिक दबाबमा परेको छ।

    जारी सङ्कट समाधानका लागि वार्ता र कूटनीतिमा जोड दिँदै मस्कोविरुद्ध संयुक्त राष्ट्रको मतदानबाट भारत टाढा रहेको थियो। आधिकारिक धारणमा पनि दिल्लीले क्षेत्रीय अखण्डताको महत्त्वको बारेमा कुरा गरेको छ तर रुसको आलोचना गरेको छैन।

    दिल्लीसमक्ष पश्चिमा राष्ट्र र रुस दुवैसँगको रक्षा र कूटनीतिक सम्बन्ध सन्तुलनमा राख्नुपर्ने कठिन काम छ।

    मस्कोले भारतको लगभग ५० प्रतिशत रक्षा आयात उपलब्ध गराउँछ। साथै यी दुई देश विश्वव्यापी मामिलाहरूमा भरपर्दो साझेदार हुन्। तर अमेरिकासँग भारतको सम्बन्ध पछिल्लो दुई दशकदेखि उल्लेखनीय रूपमा बढेको छ।

    युक्रेनबारे भारतको अडानलाई लिएर वाशिङ्टन र मस्कोबाट आएका फरक–फरक बयानहरूले भारतको चुनौती प्रस्ट्याउँछ।

    भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले शनिवार भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताएका छन्। उस्तै समयमा अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ डोनाल्ड लुले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताए।

    द्वन्द्व जारी रहेको अवस्थामा, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देशलाई निरन्तर चुप रहन कठिन हुने देखिन्छ।

    अमेरिका र पोल्यान्डद्वारा युक्रेनमा सोभियतकालीन विमानहरू पठाउने तयारी

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी अधिकारीहरूले पोल्यान्डसँगएउटा सहमति गर्न चाहिरहेको छ जस अनुसार अमेरिकाले पोल्यान्डलाई एफ-१६ जेट लडाकु विमानहरू दिनेछ जसको सट्टामा पोल्यान्डले युक्रेनलाई सोभियतकालीन विमान उपलब्ध गराउने सम्झौताको तयारी गरेको छ।

    भोलोदिमिर जेलेन्स्की र तीन सयभन्दा बढी अमेरिकी सांसदहरू बीचको बैठकपछि अमेरिकाले युक्रेनलाई रुसविरुद्ध सहयोग गर्ने कदम उठाएको हो। बैठकमा युक्रेनका राष्ट्रपतिले आफ्नो देशलाई थप विमानहरू अत्यावश्यक रहेको बताएका थिए।

    “हामी यस विषयमा पोल्यान्डसँग छलफल गरिरहेका छौँ र हाम्रा नेटोका सहयोगीहरूसँग पनि परामर्श लिइरहेका छौँ,” ह्वाइट हाउसका एक अधिकारीले अमेरिकी सञ्चारमाध्यमसँग भने। युक्रेनलाई विमानहरू हस्तान्तरण गरेको खण्डमा अमेरिकाले पोल्यान्डलाई के प्रदान गर्न सक्छ भन्नेले यसबारेको निर्णय निर्धारण गर्छ।

    युक्रेनका पाइलटहरू रुसी-निर्मित विमान प्रणालीहरू उडान गर्न विशेष तालिम प्राप्त भएकाले त्यस्तै विमान आवश्यक रहेको बताइएको छ।

    राष्ट्रपति जो बाइडनले शनिवार साँझ जेलेन्स्कीसँग कुरा गरेको र अमेरिकाले युक्रेनलाई सुरक्षा, मानवीय र आर्थिक सहायता “बढाउँदै” र थप कोष सुरक्षित गर्न काङ्ग्रेससँग सहकार्य गरिरहेको ह्वाइट हाउसले बताएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.