• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बालश्रम न्यूनीकरणमा पोउवा संघको अभियान

"‘श्रमिक बस्तीका र घरेलु कामदारलाई विद्यालयमा टिकाउनै चुनौति’  "

  •    संवाददाता/ बिहिबार, फागुन १९, २०७८  

  • आउँदो वर्षको वैशाख एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यो वर्षको चैत महिनाभित्रमा पढाइ पूरा गर्ने र आउँदो वैशाख महिनाभित्रै परीक्षाफल प्रकाशन तथा जेठ १ गतेदेखि पढाइ सुरु गर्ने शिक्षा मन्त्रालयको निर्देशन छ । सोही निर्देशन अनुसार आउँदो वैशाखमा भर्ना अभियान संचालन गर्ने तयारी गरिएको छ । पढ्ने उमेरका सबै बालबालिका विद्यालयको जाऊन् भन्ने उदेश्यले भर्ना अभियान सुरु हुन लागेको हो । तर, भर्ना अभियान सीमान्तकृतका झुपडी तथा निकृष्ट बालश्रममा रहेकाहरुसम्म पुग्दै–पुग्दैन । करवलले भर्ना हुन पाएकाहरुले पनि नियमित विद्यालय जान पाउँदैनन् । कतिसम्म भने भर्ना अभियान लिएर घरमा पुग्दा बालश्रमिकलाई लुकाउनेसम्ममा गतिविधि हुन्छन् ।
    भर्ना अभियान सुरु हुनैलाग्दा पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरामा रहेका विभिन्न सरकारी विद्यालयका प्राचार्य तथा सहप्राचार्यसँग छलफल गरेको छ । किडासा नामक गैरसरकारी संस्थासँगको सहकार्यमा भएको छलफल शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने र उनीहरुको पढाइ निरन्तर गर्ने विषयमा केन्द्रीत थियो ।
    सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले बालश्रम न्यूनीकरणको लागि सामूहिक अभियान जरुरी रहेको बताए । श्रम क्षेत्रमा रहेका बालबालिकाहरुलाई विद्यालयको शिक्षासँगै प्राविधिक तथा जीवनपयोगी शिक्षासमेत दिन सकिए उनीहरु आत्मनिर्भर हुने उनको धारणा थियो । संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रले श्रमिक परिवार तथा बालबालिकाको शिक्षाको लागि गरेका गतिविधिहरुले सकारात्मक परिणाम दिएको बताउँदै उनले जीवनपयोगी तालिम दिन संघ तयार रहेको जानकारी दिए ।
    पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले अभिभावकको चेतनास्तर कम हुँदा विद्यालय नपठाउने र बालबालिकाहरुले पढाइ छाड्ने समस्या देदिएको बताए । उनले विभिन्न संघ÷संस्थाले आफू अनुकूल तथ्याङ्कहरु तयार पार्ने गरेको आरोप लगाउँदै विद्यालयले राखेको तथ्याङ्कलाई आधार मानेर महानगरले काम गरिरहेको बताए । उनले श्रमिक परिवारका बालबालिकाहरुको लागि महानगरले प्रोत्साहनका कार्यक्रम संचालन गरिरहेको बताउँदै थप सहयोग पनि गरिने प्रतिवद्धता व्यक्त गरे ।
    किडासाका प्रमुख रमेश बास्तोलाले कोभिडकालीन समयमा सीमान्तकृत बालबालिकाले भोग्नुपरेको समस्याको चर्चा गर्दै सो समयमा स्कूल छाडेका बालबालिकाहरुलाई पुनः विद्यालय फर्काउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी विद्यालयका प्राचार्य तथा सहप्राचार्यहरुले घरेलु श्रमिकहरुले बिहान बेलुका घरकै काम गर्नुृपर्ने र विद्यालय समयको पढाइले मात्रै उनीहरुको शैक्षिक स्तर उक्सने अनुभव सुनाए । श्रमिक परिवारबाट विद्यालय आउने बालबालिकाहरुमा मानशिक तथा पारिवारिक समस्या हुने गरेको र कतिपयको अभिभावक नै को हो भन्नेसम्म थाहा नहुने गरेको पनि उनीहरुले सुनाएका थिए । बालबालिकाहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउने घर सुधार्नुपर्ने उनीहरुको सुझाव थियो । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम संयोजक प्रिति पाण्डेका अनुसार अघिल्लो वर्ष श्रमिकहरुको बाक्लो बस्ती रहेको १२ ठाउँमा गरिएको अध्ययन अनुसार ८०९ जना बालबालिका विद्यालय जाने उमेरका थिए । न्यून आय भएको परिवारका ती बालबालिकामध्ये ७८६ जना सरकारी र १३ जना निजी स्कूलमा भर्ना भएकोमा ९७ जना विद्यालय नै नगएको पाइएको थियो ।
    ‘दयनीय आर्थिक अवस्था,अभिभावकहरुमा चेतनाको कमी हुनुजस्ता समस्या देखिएका छन्’,उनले भनिन्,‘तीमध्ये अधिकांशमा त पढाइप्रति कुनै रुचि नै छैन ।’कोभिडकालीन समयमा त खानाकै अभावले अधिकांश विद्यार्थी विद्यालय नगएको पनि उनले दावी गरिन् । विद्यालय जाने उमेर समूहमध्ये ४५ प्रतिशत अभिभावकको आम्दानीको स्रोत दैनिक ज्याला मजदुरी रहेको र काम नपाउँदा उनीहरु भोकै परेको तथ्य पनि उनले प्रस्तुत गरिन् । श्रमिक परिवारका बालबालिकालाई नियमित विद्यालय जाने वातावरण बनाउन तथा उनीहरुमा पढाइप्रति लगाव बढाउन विभिन्न कार्यक्रम संचालन गरिएको पनि उनको भनाइ थियो । विद्यालय भर्ना अभियान सुरु हुनैलाग्दा श्रममा आश्रित परिवारमा रहेका तथा घरेलु बालश्रमिक लक्षित भर्ना अभियान संचालन गर्नुपर्नेमा उनको जोड छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.