• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, असार ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एउटी बुहारी माइतबाट घर पुग्ने बित्तिकै सासुआमाले सोधिन आमाबुबाले छोरीलाई बिदाइ गर्दा के दिए ?

"आमाले भन्नुभयो: छोरी पहिलोपटक माइतीघर बाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन्.. "

  •    सन्तोष कार्की मौसुफ / बिहिबार, फागुन १९, २०७८  

  • बिबाह पछि छोरी पहिलोपटक माइत आएकी थिइन , छोरिको स्वागत हप्तादिनसम्म चल्यो । हप्ताभरमा छोरिलाई जे मनपर्छ त्यो खुवाउने दिने कार्यक्रम चलिरह्यो ।

    जब छोरी फर्किएर आफ्नो घर जान लागिन तब बुबाले छोरिलाइ एउटा अगरबत्तीको पाकेट दिनुभयो ।
    आमाले भन्नुभयो: छोरी पहिलोपटक माइतीघर बाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन्..। तब हत्तपत्त बुबाले गोजीमा हात हाले र गोजिमा भएको सबै पैसा छोरिको हातमा थमाइदिए।
    घरमा पुग्ने बित्तिकै सासुआमाले बुहारीलाई सोधिन: आमाबुबाले छोरीलाई बिदाइ गर्दा के दिए? जब उनले अगरबात्तिको पाकेट देखिन , तब सासुआमाले बुहारीलाई भनिन्: भोलि पुजामा यो अगरबत्ती बाल्नु ।
    बिहान जब छोरी पुजा गर्न बसिन , तब उनले अगरबत्तिको पाकेट खोलिन , जसबाट एउटा चिठी निस्कियो। चिठीमा लेखिएको थियो..
    “छोरी ! यो अगरबत्ती आफै बल्छ,तर सुगन्धले पुरै घर भरिदिन्छ। यतिमात्र होइन यसले वरिपरिको बाताबरणलाई आफ्नो सुगन्धले आनन्दित बनाउँछ ।”
    “सायद कहिलेकाही श्रीमानसँग मन खिन्न हुनसक्छ वा सासू ससुरासँग रिसाउन सक्छौं , अथवा देवर आमाजु नन्दहरुसँग रिसाउन सक्छौ या कहिले तिमिलाई कसैको कुरा सुन्नुपर्ने हुन्छ , वा कहिले छिमेकीसँग मन अमिलो महसुस हुनसक्छ । तब तिमि मेरो यस उपहारलाई सम्झने गर्नु, र अगरबत्ती झै जलेर आफ्नो घरलाई खुशी राख्ने , आफै सहने अनि आफ्नो व्यबहार र कर्मले श्रीमानको घरलाई सुगन्धित पार्ने गर्नु..”
    चिठी पढेर छोरी रुन थालिन । सासू-आमा आइन ससुरा र श्रीमान पनि पुजा कोठामा पुगे जहाँ बुहारी रोइरहेकी थिइन् ।
    के भयो औंला पोल्यो कि क्याहो? यसरी श्रीमानले सोधे।
    “के भयो? कमसेकम यति त भन” ससुरा बा ले भने ।
    सासुआमाले वरिपरि चारैतिर हेर्न थालिन, उनले बुहारीको बुबा द्वारा सुन्दर अक्षरमा लेखिएको चिठी देखिन. चिठी पढ्ने बित्तिकै उनले बुहारीलाई अंकमाल गरिन र चिठी ससुराको हातमा सुम्पि दिइन् । चस्मा नलगाएकोले उहाँले चिठी छोरालाई दिएर चिठी पढ्न आग्रह गरे। छोराले पत्र पढेर सुनाएपछी सबैजना स्तब्ध भए।
    सासुआमाले भनिन्: “ओहो! यो चिठी फ्रेममा राख्नुपर्छ। यो मेरो बुहारिको माइतबाट पाएको सबभन्दा अमुल्य उपहार हो । यो चिठी पुजा कोठामा नै हुनुपर्छ ।
    र सदैव यस् फ्रेमको आफ्नो सब्दले सम्पुर्ण घर र वरिपरिको बाताबरणलाई आफ्नो तरिकाले सुगन्धित पारिरहन्छ । बालेको अगरबत्ति सकिएपछि पनि..
    त्यसैले आमाबुबाले आफ्नो छोरिलाई राम्रो संस्कार दिनुपर्छ जसले ससुराली र माइतीघर बासनाले सुगन्धित पार्न सकुन् ।।
    बुबाले छोरिलाई दिनुभएको शिक्षा तपाइँलाई कस्तो लाग्यो…
    साथिहरु बुबाले छोरिलाई दिनुभएको शिक्षा तपाइँलाई कस्तो लाग्यो…
    यो  पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । हजुरलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छभने अभियान खबर पेजलाई लाईक गर्नुहोस् ।

    हामि सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.