१४ फागुन,
काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले राप्तीसोनारी गाउँपालिकामा घरदैलाे अभियान तिब्र पारेका छन । राप्तिसाेनारी वडा नम्बर ५, २ र ३ मा व्यापक घरदैलो अभियान सञ्चालन गर्दै पाण्डेले स्थानियसँग प्रत्यक्ष भेटघाटलाई बढाएका हुन ।
घरदैलो कार्यक्रम अन्तर्गत उम्मेदवार पाण्डेले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र सुझावहरू सुनेका छन । उनले जनताका आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्दता समेत जनाएका छन ।

भेटघाटका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ तथा रोजगारी सिर्जना जस्ता आधारभूत विकासका क्षेत्रमा तत्काल सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूले विगतका निर्वाचित जनप्रतिनिधिहरूप्रति असन्तुष्टि व्यक्त गर्दै चुनावका बेला मात्रै देखिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखेका छन्। एक स्थानीयले भने, “भोट माग्दा मात्र आउने, त्यसपछि फर्केर नआउने परिपाटी अब अन्त्य हुनुपर्छ।”

स्थानीयवासीका अनुसार अघिल्लो कार्यकालमा केही विकासका काम भए पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हुन सकेको छैन। अब जनताको अपेक्षा पूरा गर्ने, निरन्तर सम्पर्कमा रहने र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ छ।
उम्मेदवार पाण्डेले जनताको विश्वासलाई उच्च सम्मान गर्दै आफू निर्वाचित भए वा नभए पनि पारदर्शी, उत्तरदायी र परिणाममुखी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन । उनले जनतासँग निरन्तर संवाद कायम राख्दै विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा अघि बढाउने बताए ।
घरदैलो अभियानसँगै स्थानीयवासीमा नयाँ नेतृत्वप्रति आशा र विश्वास बढ्दै गएको देखिएको छ।








