बाँके निर्वाचन क्षेत्र नं. १ मा नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा जनलहर उर्लिएको देखिएको छ। घरदैलो, जनभेटघाट र टोल–टोलका भेटघाटमा स्थानीयको उल्लेख्य सहभागिताले उहाँको जित सुनिश्चित भएको आकलन गर्न थालिएको छ।

उहाँले अघि सारेको विकास, सुशासन, रोजगारी सिर्जना र सिमावर्ती क्षेत्रको सुरक्षासम्बन्धी स्पष्ट योजना मतदातालाई आकर्षित गरिरहेको छ। युवादेखि जेष्ठ नागरिकसम्म सबै वर्गको साथ र समर्थनले चुनावी माहोल उत्साहपूर्ण बनेको छ।
“हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियान” भन्ने प्रतिबद्धतासहित मैदानमा उत्रिनुभएका जेम्सलाई विजय गराउन अब निर्णायक शक्ति मत नै हो।








