• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सडकमा मागेर भोक टार्दै हुर्केकी पार्वती अहिले छिन् बैंकमा अफिसर, काठमाडौंमा जोडेकी छन् आफ्नै घर

"सडकमा मागेर भोक टार्दै हुर्केकी पार्वती अहिले छिन् बैंकमा अफिसर, काठमाडौंमा जोडेकी छन् आफ्नै घर "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, फागुन १५, २०८२  

  •         कुनै समय पशुपति क्षेत्रमा मागेर भोक टार्ने र कुमारीगालको एउटा साँघुरो कोठामा बोरा ओछ्याएर सुत्ने ती सानी बालिका आज नेपाल एसबिआई बैंकमा एक सफल अधिकृत (Officer) का रूपमा कार्यरत छिन्। काभ्रेपलाञ्चोकको पात्लेखेलमा जन्मिएकी पार्वतीको परिवार साहुको ऋणका कारण सर्वस्व गुमाएर काठमाडौं विस्थापित भएको थियो।
           सात भाइबहिनी र आमाका साथमा काठमाडौं आएकी पार्वतीको बाल्यकाल चरम गरिबीमा बित्यो। बिहान-बेलुकीको छाक टार्न उनी पशुपति मन्दिर अगाडि चामल माग्न बस्थिन् भने कहिलेकाहीँ गुह्वेश्वरीका भोजभतेरमा बचेखुचेको खानेकुरा खाएर भोक मेटाउँथिन्। १० वर्षको उमेरसम्म अक्षर समेत चिन्न नपाएकी उनले परिवार पाल्नकै लागि गलैंचा कारखानामा बालश्रमिकका रूपमा काम गरिन्, जहाँ ऊन कात्दा उनका कलिला हातहरू चरचर फुट्थे।
           एक संस्थाले गलैंचा कारखानाबाट उद्धार गरेपछि पार्वतीको जीवनमा शिक्षाको ढोका खुल्यो। पढाइमा निकै अब्बल उनले ढिलो स्कुल भर्ना भए पनि मेहनतका साथ एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन्। आर्थिक अभावकै कारण डाक्टर बन्ने सपना अधुरै रहे पनि उनले हार मानिनन्। म्यानपावरमा काम गर्दै र ट्युसन पढाउँदै उनले व्यवस्थापनमा स्नातक पुरा गरिन् र बैंकिङ क्षेत्रमा प्रवेश गरिन्।
    आज पार्वती काठमाडौंमा आफ्नै घर जोड्न सफल भएकी छिन् र एक छोरा तथा छोरीकी आमा हुन्। उनले आफ्ना यी तीता-मीठा भोगाइहरूलाई समेटेर ‘पुर्पुरो’ नामक आत्मकथा समेत प्रकाशन गरेकी छिन्। सडकको धुलोदेखि बैंकको कुर्लीसम्मको उनको यो यात्राले सङ्घर्ष गर्ने हो भने सफलता अवश्य मिल्छ भन्ने सन्देश दिएको छ
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.