• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग


  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १४, २०८२  

  •          कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। निर्वाचनको मुखमै उम्मेदवार नै पार्टी परिवर्तन गरेपछि कञ्चनपुर–१ को चुनावी समीकरणमा नयाँ मोड आएको छ।
        शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन्। शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए। उनीहरूको सामूहिक प्रवेशलाई नेकपाले महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा लिएको छ।
           गत १० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले त्यसको तीन दिनपछि नै पार्टी छाड्ने निर्णय गरेका हुन्। अल्प समयमै भएको यो निर्णयले स्थानीय राजनीति तरंगित बनेको छ।
    नेकपामा प्रवेश गरेपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले कञ्चनपुर–१ बाट उम्मेदवार रहेकी महिला नेतृ विना मगरलाई विजयी गराउने अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले क्षेत्रको विकास, स्थिरता र वाम एकताको पक्षमा आफूहरूले यो निर्णय लिएको बताएका छन्।
        उम्मेदवारकै पलायनपछि प्रलोपालाई यस क्षेत्रमा चुनावी चुनौती थपिएको विश्लेषण गरिएको छ भने नेकपाले भने विना मगरको पक्षमा जनसमर्थन अझ सुदृढ हुने दाबी गरेको छ। निर्वाचन नजिकिँदै जाँदा पार्टी परिवर्तन र नयाँ समीकरणले कञ्चनपुर–१ को प्रतिस्पर्धा थप रोचक बनेको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.