नेकपा तुलसीपुर– ९ को आयोजनामा भएको चुनावी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई नेकपा दाङ ३ का उम्मेदवार तथा नेकपाका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका थिए।
उनीहरूलाई पार्टीमा स्वागत गर्दै मास्कीले मुलुकमा संघीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको संविधान निर्माण गर्न पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सबै वर्गको सहयोग आवश्यक रहने बताए।
आफूलाई नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको नेपालीको भनाइ थियो। वडा निर्वाचन परिचालन समितिका संयोजक मदन हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसंयोजक दुर्गा शर्माले गरेका थिए।
साभार रातोपाटि








