• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)


  •    अभियान हाम्रो डटकम/ सोमबार, मङि्सर ०९, २०८२  

  • जेन्जी पुस्ता , पेरिसडाडा भेला सन्दर्भ र समसामयिक राजनैतिक बिसयमा हाम्रो अभियान टिमले ycl नेपालका उपाध्यक्ष तथा युवा नेता डम्बर पुलामी मगर (कर्म) सग गरिएको कुराकानिको एक अंश।

    सम्बादाता : आरामै हुनुहुन्छ ? पेरिसडाडामा जेन्जी पुस्ता सगको परामर्श छलफल के कुरामा केन्द्रित थियो? जानकारी दिनुस्न ?

    – ब्याक्तिगत रुपले अहिले सम्म आरामै छु भन्नू पर्छ। देस पो कता कता बिरामी परेको अवस्थाबाट गुज्रिएको आभास हुन्छ। कुरा रहयो जेन्जी पुस्तासगको छलफल केन्द्रित के मा रहयो भन्ने बिसय । मुख्यतः देसलाइ कसरी यो अवस्थाबाट मुक्त गर्दै समाजबादी ब्यवस्था सम्म पुराउने ,कसरी चै जेन्जि पुस्ताका मागहरुलाइ सम्बोधन गर्दै मुलुकलाइ सुसासनको बाटोमा ल्याउने र कसरी अहिलेको फेलर संसदीय प्रणालिलाइ फालेर जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी ब्यवस्था लाई लागू गर्ने भन्ने बिसय नै गम्भीर ढङ्गले बहस गर्नकै निमित्त YCL नेपालले जेन्जी पुस्तासगको बहसलाइ पेरिसडाडा केन्द्रित कार्यक्रम आयोजना गरेको हो।

    सम्बादाता : जेन्जी पुस्ताले हिजो तपाइहरुको कार्यलय नै जलाएको थियो आज फेरि जेन्जी पुस्तासग त्यही कार्यलयमा कसरी सम्भव भयो यो बहस ?

    – तपाइले राम्रो प्रस्न उठान गर्नुभएकोमा धन्यबाद। हो यहिनेर आम मानिसलाई कन्फ्युज गर्नकै निमित्त र माओबादी केन्द्र पनि अरु पार्टीहरु जस्तै हो भनी देखाउनका निमित्त हाम्रो कार्यलय विभिन्न शक्तिका चेतना बिहिन जथ्थाले घुसपैठ गरेर जलाएका हुन यो कुरा जेन्जी पुस्ताले गरेको होइन भनेर बारम्बार जेन्जी पुस्ताकै भाइबहिनी हरुले तपाइहरु जस्तै विभिन्न मिडियामा भनिरहेका छन। हामिलाइ पनि लाग्दैन कि जेन्जी पुस्ताले यो आगजनी गर्यो। किनकी उनिहरुका माग त हामिले १० बर्स अघि देखि उठाइरहेका छौ। अहिले को बहस सम्भव भएको मुख्य आधार पनि यहि हो। यदि जेन्जी पुस्तालाई कसैले लिडरशिप दिन्छ र उनीहरुको मागलाइ कसैले सम्बोधन गर्छ भने त्यो नेपाली कम्युनिस्ट पार्टी र सम्योजक क प्रचण्ड नै हो।यो कुरा हिजो जेन्जी पुस्ता भ्रमित भएपनी आज आएर बिस्तारै बुझ्दैछन। हिजोको हाम्रो इतिहास पनि जेन्जी इतिहास नै थियो। जेन्जिका आजका एजेन्डा हरु हिजो हामिले उठाउदै गर्दा हामिलाइ होइन यी पुरानादल र यहि संसदीय ब्यवस्थाले हाम्रो टाउकाको मोल तोकेको ?
    आज आएर जेन्जिपुस्ताले पनि यहि एजेन्डा लिएको छ। तसर्थ एजेन्डागत हिसाबले जेन्जी पुस्ता र हामी एक ठाउँमा उभिएकै मुख्य कारणले पेरिसडाडामा जेन्जिपुस्तासगको बहस सम्भव भएको हो।जसको आयोजक हिजोको जेन्जी YCL ले गरेको हो।

    सम्बादाता : अब जेन्जी पुस्ताले नेपाली कम्युनिस्ट पार्टी सग सहकार्य गर्लान् त ? तपाइलाइ के लाग्छ ?

    – मलाइ त जेन्जी भाइबहिनी हरुले महसुस गरिसकोको आभास भएको छ। किनभने तपाईं आफै हेर्नुस अन्य दल र पार्टी हरु जेन्जी आन्दोलनलाई एउटा जनताको आक्रोश हो ,राज्यसत्ता बिरुद्दको असन्तुष्टि हो भनेर मान्ने पक्षमा भन्दा जेन्जी आन्दोलन लाई अपराधीकरण गरेर उनिहरुलाइ समाएर थुन्ने,धरपकड गर्ने र पुरानै संसदीय ब्यवस्थालाइ निरन्तरता दिने लाइनमा उभिएका छ्न।तर नेपाली कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व जेन्जी पुस्ताको मागलाई सम्बोधन गर्नुपर्छ। भनेर उनिहरु सग छलफलमा छ। त्यसैले अरुको तुलनामा म फेरि पनि भन्छु नेपाली कम्युनिस्ट पार्टी हुनै सक्दैन। तपाइहामी र जेन्जी पुस्ता भ्रमित हुनुहुन्न। बरु जतिसक्दो चाडो देसलाइ निकास दिन र एजेन्डा हरुलाइ स्थापित गर्न एक ठाउँमा उभिन अपरिहार्य छ।

    सम्बादाता : राज्यले जेन्जी पुस्तालाइ यतिबेला खोजी खोजी पक्राउ गर्दैछ,हिजोका भ्रस्टहरुलाइ आफैले बनाएको सरकारले समाउन सकेन भनेर जेन्जिपुस्ता पुन आन्दोलन को तयारिमा छ भन्ने कुरा बारा घटनाक्रम ले पुष्टि भएन र ? कसरी सहकार्य होला ?

    – पहिलो कुरा जेन्जी पुस्ताका भाइबहिनी हरुलाइ म के भन्छु भने राजनिती बिद्रोह र आक्रोसले मात्रै पुर्णहुदैन। विश्व इतिहासमा हेर्ने हो भने धेरै बिद्रोह र आन्दोलन हरु नेतृत्व बिहिन हुदा असफल भएका धेरै उदाहरण छन।तसर्थ आन्दोलन र बिद्रोह लाई ड्राइभ गर्ने कुसल नेतृत्व को अभाव जेन्जी पुस्तामा देखिएको छ।यसैको कारण जेन्जी पुस्ताको जायज आन्दोलनलाई यहाँ अपराधीकरण घोसित गर्न र जेन्जी पुस्ता माथी धरपकड गर्न खोजिदैछ। यो कुरा जेन्जी पुस्ताले बुझ्न सक्नु पर्छ। कुरारहयो बारा घटना क्रमले के पुष्टि गर्दछ भने जेन्जी पुस्ता बिस्तारै देसको अग्रगामी निकास र बिकासको बाधक को रहेछ भन्ने कुरा बुझ्दैछन र उनिहरु तिनी बिरुद्द संघर्ष को तयारी गर्दैछन भन्ने आम तपाईं हाम्रो बुझाइ हो। म एउटा हिजोको जेन्जी पुस्ता पनि हु।इतिहास लाई फर्केर हेर्दा जसरी हिजो गणतन्त्र को माग राखेर माहान जनयुद्ध लड्ने हरुलाइ बारम्बार हत्या र हिंसा मा जोड्ने जुन प्रयत्न भैरहेको देखिन्छ।त्यसरी नै आज जेन्जी पुस्ताका जायज मागहरुलाइ पनि हिजोका तिनै पस्चगामी शक्ति हरुले अपराधीकरण गर्नेछन भन्ने कुरामा जेन्जिपुस्ता सचेत हुनुपर्छ। आज तपाईं हामी मुख्यतय कसरी आन्दोलन का उपलब्धि रक्षा र अगामी रणनीति तय गर्ने भन्ने बिसयमा अझै गहन छलफलमा जुट्न जरुरी छ। जेन्जिपुस्ताको माग र आन्दोलन को सम्बोधन यदि कसैले गर्छ भने म फेरिपनी भन्छु त्यो नेपालि कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व नै हो।

    सम्बादाता : जादाजादै तपाइले भन्न खोज्नुभएको र हामिले सोध्न बिर्सिएका केही बिचार भए राख्न सक्नु हुन्छ।

    त्यस्तो भन्नै पर्ने त केही छैन तर पनि जेन्जी पुस्ताले आवेग मा होइन विवेकमा सोचौं। अहिलेको मुख्यतः आवस्यकता भनेको सहकार्य द्वारा नै समस्याको समाधान खोज्ने कुरालाइ ध्यान दिनु पर्छ।एजेन्डागत हिसाबले तपाईं हामी एक ठाउमा त छौँ ।सहकार्यको हिसाबले पनि एक ठाउँमा उभिन सकियो भने मात्रै हाम्रा एजेन्डा पूरा हुन्छन। र आम नेपालिजनताले पनि यो निर्वाचन लाई सधैंको जस्तै निर्वाचन मात्रै सोचेर होइन कि देसलाइ नै यथास्थितिवादी हरुको चङ्गुलबाट मुक्त गराएर समाजबादी बाटोमा हिडाउने एउटा टर्निङ्ग सम्झदै मत बदल्न जरुरी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.