• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

GenZ Red Force को केन्द्रीय समिति बैठक सम्पन्न, ‘गाउँ–बस्ती अभियान’ प्रभावकारी बनाउन बहुआयामिक निर्णय


  •    अभियान हाम्रो डटकम/ बुधबार, मङि्सर ०४, २०८२  

  • काठमाडौं, आइतबार।GenZ Red Force को केन्द्रीय समिति बैठक आइतबार केन्द्रीय संयोजक स्मृति तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले आगामी मंसिर ३ गतेदेखि देशव्यापी रूपमा चालु हुने ‘गाउँ–बस्ती अभियान’ लाई सफल तथा संगठित बनाउने उद्देश्यले महत्वपूर्ण निर्णयहरू गरेकाे छ।

    बैठकका अनुसार, केन्द्रीय समिति सदस्यहरूलाई आफ्ना–आफ्ना प्रदेश र तोकिएका क्षेत्रहरूमा वडा समिति निर्माणसम्मको जिम्मेवारी प्रदान गरिएको छ। संगठनलाई सुदृढ बनाउँदै एक महिनासम्म सञ्चालन हुने अभियानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रदेश इन्चार्ज तोकिएको बैठकले जनाएको छ।

    प्रदेश इन्चार्जको सूची

    बागमती प्रदेश – क. सुरज परियार
    गण्डकी प्रदेश – क. सुबास अधिकारी (लियो सुबास)
    मधेश प्रदेश – क. सरोज खड्का
    लुम्बिनी प्रदेश – क. अस्मिता खत्री
    कोशी प्रदेशn – क. सागर ढुङ्गाना
    सुदूरपश्चिम प्रदेश – क. प्रेम कार्की
    कर्णाली प्रदेश – क. सिमा शाही
    उपत्यका विशेष प्रदेश (विशेष समन्वय) – क. सन्दीप लुइँटेल

    बैठकले प्रदेश संयोजक तथा इन्चार्जको समन्वयमा कमिटी गठनलाई तीव्रता दिन निर्देशन पनि दिएको छ।

    गाउँ–बस्ती अभियानको उद्देश्य

    बैठकले ‘गाउँ–बस्ती अभियान’ मार्फत देशका विभिन्न क्षेत्रका
    विद्यार्थी, किसान, श्रमिक, दलित, जनजाति, महिला र युवाहरूका समस्या प्रत्यक्ष रूपमा सुन्न र उनीहरूका मुद्दालाई संगठनको मुख्य कार्यदिशा र एजेण्डा बनाउँदै वडा स्तरसम्म जनसंगठन विस्तार गर्ने निर्णय गरेको छ।

    यस अभियानमार्फत संगठनले स्थानीय समस्यालाई केन्द्रमा राख्दै जमिन–स्तरमा कार्यवाई र युवाको भूमिकालाई सशक्त बनाउने रणनीति अघि सारेको छ।
    #redforce
    #red

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.