केन्द्रीय संयोजक स्मृति तिमल्सिनाको नेतृत्वमा सम्पन्न आजको प्रदेश बैठकले संगठनात्मक सुदृढीकरणका लागि ऐतिहासिक निर्णय गरेको छ। बैठकले अबदेखि प्रत्येक आइतबार राति ८ बजे सबै प्रदेश संयोजकहरू र केन्द्रीय संयोजकबीच अनिवार्य बैठक बस्ने व्यवस्था गर्ने निर्णय गरेको हो।
बैठकमा तय गरिएअनुसार, हरेक साप्ताहिक बैठकमा प्रदेश संयोजकहरूले आफ्नो–आफ्नो क्षेत्रका गतिविधिहरू प्रस्तुत गर्नेछन्। ती विवरणहरूमा विशेष गरी —
१) प्रदेशभित्रका समस्या र चुनौतीहरू,
२)सम्पन्न भएका कार्यहरू,
३)आगामी योजनाहरू तथा रणनीतिहरू
सम्बन्धमा गम्भीर छलफल हुनेछ।
केन्द्रले यस्ता बैठकहरू मार्फत् प्रदेशहरूलाई आवश्यक सुझाव, सल्लाह र सहयोगका उपायहरू पनि प्रस्तुत गर्ने बताइएको छ। यसबाट संगठनभित्र एकता, अनुशासन र कार्यगत समन्वय अझ मजबुत हुने अपेक्षा गरिएको छ।
केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले भनिन्, “यो निर्णय हाम्रो संगठनात्मक ऐक्यबद्धता र क्रान्तिकारी अनुशासनलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक कदम हुनेछ।”
बैठकको अन्त्यमा सबै सहभागीले ‘लाल सलाम! एकतामा बल, संघर्षमै विजय!’को नारासहित संगठनलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।
प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
तपाईको प्रतिक्रिया







