• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आर्वा स्थित श्री अमरज्योति आधारभुत विद्यालय, अमलाचौरमा स्वर्ण जयन्तीको अवसर पारेर महायज्ञ गरिने


  •    अभियान हाम्रो डटकम/ आइतबार, कार्तिक २४, २०८२  

  • पोखरा २२ कार्तिक ।

        पोखरा महानगरपालिका वडानं १३, आर्वा स्थित श्री अमरज्योति आधारभुत विद्यालय, अमलाचौरमा स्वर्ण जयन्तीको अवसर पारेर महायज्ञ गरिने भएको छ ।
       विद्यालयको ५०औं वार्षिकोत्सव एवं स्वर्ण जयन्तीको अवसर पारेर आज आयोजना गरिएको  बृहत्त भेलामा आगामी माघ १७ देखि २३ गते सम्म सातदिने महायज्ञ गर्ने निर्णय गरिएको हो ।  स्वर्ण महोत्सवका अवसरमा महायज्ञ सहित अन्य शैक्षिक, सामाजिक लगायत विविध कार्यक्रमहरु पनि गरिने विद्यालयका प्रधानाध्यापक बिमलबहादुर बरालले जानकारी दिए ।
      स्वर्ण महोत्सव तथा महायज्ञ कार्यक्रमलाई भब्य रूपमा मनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बराल संयोजक तथा प्रधानाध्यापक बिमलबहादुर बराल सदस्य सचिव रहेको एकसय नौं सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । मुल आयोजक समितिमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, छिमेकी विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, वडानं १३मा रहेका सबै टोल बिकाश संस्था, आमा समुह, युवा क्लव, मठमन्दिरका समितिहरु, शिक्षक, विद्यार्थी, भुपु विद्यार्थी, अभिवावक, शिक्षाप्रेमी , बुद्धिजिवीहरुको प्रतिनिधित्व रहने छ भने एक सचिवालय समिति पनि बनाईने छ ।

    oplus_0

       स्वर्ण महोत्सव तथा महायज्ञ सफल पार्न  बिभिन्न उपसमितिहरु गठन गरी कार्य विभाजन गरिएको छ जसमध्ये अर्थ संकलनमा हरिबहादुर बराल , पूजा ब्यवस्थापनमा पदमराज बराल, पण्डीत व्यवस्थापनमा राजेन्द्रप्रसाद बराल, अतिथि सत्कारमा तारा बराल, प्रचार प्रसारमा श्रीराम सिग्देल,  सम्मान समन्वयमा ऋषीराम सिग्देल, सुरक्षा व्यवस्थापनमा रामबहादुर अधिकारी, युवा तथा भूपू विद्यार्थी समन्वयमा ई. प्रताप बराल, भजन वाध्यवादनमा महेन्द्रबहादुर बराल, सामाजिक सञ्जाल तथा विदेश विभाग समन्वयमा विजय कुँवर संयोजक रहेका बिभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् ।
       २०३२ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा पाँच सम्म पढाई भईरहेकोमा स्वर्ण महोत्सव पछी कक्षा आठ सम्म पुऱ्याउने लक्ष्य राखिएको छ । तेस्तै विद्यालयको शैक्षिक तथा भौतिक स्तर उकास्ने, विद्यालयमा स्वर्ण जयन्ती स्वागत द्वार निर्माण, सरास्वतीको मन्दिर बनाउनुका साथै खेलकुद मैदान स्तरोन्नती गर्ने पवित्र उद्देश्यहरु राखिएको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.