• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुष्पलाल र प्रचण्ड : नेपाली कम्युनिष्ट आन्दोलनका युग पुरुष


  •    अभियान हाम्रो डटकम/ मङ्गलबार, कार्तिक १९, २०८२  

  • नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक व्यक्ति वा कालखण्डको उपज मात्र होइन।यो त लामो वैचारिक संघर्ष, त्याग,तपस्या र समर्पणको लामो शृङ्खला पनि हो। यो शृङ्खलामा दुई युग पुरुष पुष्पलाल श्रेष्ठ र पुष्पकमल दाहाल (प्रचण्ड) को नै महत्त्वपूर्ण भुमिका र योगदान रहेको छ। दुई युग पुरुष र दुई युग बिच समयको अन्तर भए पनि उद्देश्य एउटै थियो। वर्ग बिहिन समाजको स्थापनाको निम्ति बाधक रहेको निरङ्कुश राजतन्त्रको समुल नस्ट संगै वैज्ञानिक समाजवादको स्थापना गर्नु थियो। यसको निम्ति पुष्पलालले विचारको बीउ रोपे भने पुष्पकमल दाहालले संघर्ष मार्फत प्रतिफल टिप्ने  साहास गरे।
    १. ऐतिहासिक पृष्ठभूमि
    पुष्पलाल श्रेष्ठ
    नेपालमा जहानिय राणा शासन,निरङ्कुश राजतन्त्र र वर्गीय असमानताको पृष्ठभुमिमा पुष्पलालले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी को स्थापना गरे। कम्युनिस्ट पार्टीको स्थापना केवल सत्तासंघर्ष मात्र थिएन त्यो त जनचेतनाको क्रान्ति पनि थियो। कम्युनिस्ट पार्टी स्थापनाले उत्पीडित वर्गमा आशाको दियो सल्काउने कार्यमा सफलता प्राप्त गर्यो। पुष्पलाल एक युग पुरुष थिए यसर्थ उनको युग “विचारको युग” थियो।त्यो युग कम्युनिष्ट आन्दोलनको प्रथमतः बिजारोपणको स्वर्णिम क्षण बन्यो।
    पुष्पकमल दाहाल (प्रचण्ड)
    पुष्पकमल दाहालले पार्टीको नेतृत्व सम्हाले लगत्तै छरिएर रहेका कम्युनिस्ट पार्टी बिचको एकतामा जोड दिदै बलियो कम्युनिस्ट केन्द्र बनाउने कार्यमा भुमिका खेल्नु भयो।२०५२ साल फागुर १ गतेबाट संचालित महान जनयुद्धको नेतृत्व  संगै पुरानो सत्तालाई समुल नस्ट गर्न सफल प्राप्त गर्नु भयो।जनतालाइ गाउँ बस्तीमा नयाँ जनसत्ताको मालिक बनाउनुको साथै र सुनौलो परिवेशको सृजना गर्न सफलता संगै पुरानो सत्ता विघटनको स्थितिमा पुग्यो।जनयुद्धको जगमा ०६२/६३ को जन आन्दोलनले २४० वर्षे बंश परम्परामा रहेको राजतन्त्रलाई समुल नस्ट गरि लोकतान्त्रिक गणतन्त्र स्थापनाको नेतृत्व पनि पुष्पकमल दाहालले नै गर्नु भयो। संविधान निर्माण, संघियताको कार्यान्वयन,उत्पीडित वर्ग,जाती,क्षेत्र र लिंगको अधिकार ग्यारेन्टी समेत  स्थापित गर्न सफल हुनु भयो।हाल उनै पुष्पकमल दाहालको नेतृत्वमा छरिएर रहेका वाम र प्रगतिशील पक्ष सबैलाइ समेटेर बृहत वाम शक्तिको नेतृत्व समेत गर्ने अवसर प्राप्त गरेका छन।यसर्थ प्रचण्ड “क्रान्तिका अभियन्ता” हुन।
    २ वैचारिक दृष्टिकोण र दार्शनिक पक्ष
    पुष्पलालको विचार–दर्शन
    • पुष्पलाल मार्क्सवाद–लेनिनवादका शुद्ध अनुयायी मात्र होइन, त्यसको नेपाली सन्दर्भानुकूल व्याख्याता पनि थिए।
    • उनले “जनताको चेतना र संगठन नै परिवर्तनको मेरुदण्ड हो” भन्ने मान्यता अघि सारे।
    प्रचण्डको विचार–दर्शन
    • प्रचण्डले माओवादको बल प्रयोगको सिद्धान्तलाई  व्यावहारिक स्वरुप प्रदान गर्दै सशस्त्र संघर्ष लाई मुख्य औजार बनाए।
    • “राज्यसत्ताको चरित्र परिवर्तन बिना समाज रूपान्तरण सम्भव छैन” भन्ने मान्यतालाई स्थापित गरे।
    • नेपालमा क्रियाशिल सबै राजनीतिक शक्तिलाई एकताबद्ध बनाइ संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नेपालको संविधा २०७२ सम्म संगै डोर्‍याउन सफल भए।
    • दुई ठुला वामपन्थी शक्ति माओवादी र एमालेलाई एकतामा ल्याउन मुख्य र निर्णायक भुमिका खेले।
    • हाल छरिएर रहेका सबै वामपन्थी धारालाई एकताबद्ध गरि एउटै वामपन्थी केन्द्र निर्माण गरि सुशासन र समृद्धिको रथ हाक्दै तयारीमा छन।
    यस अर्थमा, पुष्पलाल श्रेष्ठले विचारको बीउ रोपे भने प्रचण्डले विचारलाई व्यवहारमा उतार्ने कार्यमा सफलता प्राप्त गरे ।
    ३. ऐतिहासिक योगदान
    पुष्पलालको योगदान
    (क) पुष्पलालको जीवन सत्ता समीप नभए पनि देशमा बैचारिक चेतनाको जग गहिरो संग बसाउन सफल भए।
    (ख) पुष्पलालले बसाएको जगको आधारमा नेपालमा बामपन्थी आन्दोलन सस्थागत बन्यो। यसर्थ पुष्पलाल “संघर्षका गुरु” थिए जसले राजनीति र दर्शनलाई एउटै सूत्रमा बाँधे।
    प्रचण्डको योगदान
    (क) पुष्पलालले रोपेको बिरुवालाइ गोड्मेल र मलजल गर्दै क्रान्तिकारी आन्दोलनलाई योजनाबद्ध सशस्त्र संघर्ष मार्फत संघिय लोकतान्त्रिक गणतन्त्र सम्म पुर्याउन योगदान गरे।
    (ख) प्रचण्डको नेतृत्वमा संचालित दस वर्षे महान जनयुद्धले  २४० वर्षको राजतन्त्रको ठाउमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना मात्र गरेन स्वर्णिम युगको सुरुवात समेत गर्न सफल भए जुन ऐतिहासिक उपलब्धि हो।
    (ग) टुटफुट र बिभाजनबाट आक्रान्त वामपन्थी  शक्तिलाई एउटै  क्रान्तिकारी केन्द्र निर्माणमा महत्त्वपूर्ण र ऐतिहासिक भुमिका खेल्न सफल भए
    (घ) सुशासन र समृद्धिको एकलौटी नेतृत्व गर्ने अवसर पनि निबिविकल्प प्राप्त गरे।
    ४. ऐतिहासिक सम्बन्ध र उत्तराधिकार
    पुष्पलाल बिना प्रचण्डको इतिहास अपुरो र अधुरो हुने निश्चित छ। पुष्पलालले जुन वैचारिक बिरुवा रोपे त्यसको गोड्मेल सगै फल टिपेर संघर्ष मार्फत जनता सम्म पुर्याउन प्रचण्ड सफल भए। पुष्पलालले देखेको समाजवादको सपना सार्थक र परिणाममुखी बनाउन प्रचण्डको ठूलो योगदान र भुमिका छ। यस अर्थमा पुष्पकमल दाहाल पुष्पलाल श्रेष्ठको असली र खास उत्तराधिकारी हुन भन्नेमा कुनै दुबिधा रहेन।
    ५. निष्कर्ष
    पुष्पलाल र पुष्पकमल दुई अलग युग पुरुष हुन। एउटै बिचाधारा एउटै लक्ष्य लिएका वामपन्थी धाराका क्रान्तिका अनुपम पात्र हुन्।एकबाट अर्को अभिभाज्य पात्र र प्रवृत्ति हुन। एकले विचारको ज्योति बालिदिए भने अर्कोले त्यो ज्योतिलाई बन्दुकको बारुदमा बदलिदिए।
    त्यसैले क्रान्तिको आत्मा सत्तामा  मात्र सीमित रहदैन  बरु समाज रूपान्तरणमा निरन्तर बाँचिरहन्छ। यो सवाल नेपाली वामपन्थी आन्दोलनको भविष्य र अस्तित्वको निर्णायक निस्कर्ष हुनेछ।

    लेखक :- दुर्गा चौलागाईं
    नेकपा(माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.