• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अहिले त शून्य मात्र सिर्जना भएको छ , दलहरूको यस्तै रबैया यस्तै हो भने यो संविधान पूरै च्यातचुत हुन्छ ; मुवाराम खनाल

"अहिले त शून्य मात्र सिर्जना भएको छ , दलहरूको यस्तै रबैया यस्तै हो भने यो संविधान पूरै च्यातचुत हुन्छ ; मुवाराम खनाल "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, असोज २४, २०८२  

  • राजनीतिक आन्दोलन सङ्गठित हुन्छ । एउटा निश्चित पार्टीको दर्शन, दर्शन अनुसार राजनीतिक एजेन्डाहरू हुन्छन् । तर यस्तो असङ्गठित विद्रोह पुराना दलहरूले गरेको भ्रष्टाचार, उनीहरूले गरेको मनोमानी, लोकतान्त्रिक संस्थामाथिको आक्रमण विरुद्धमा हुन्छ । यस्ता असङ्गठित शक्तिले सत्ता पल्टाउनका लागि फलानो मान्छे प्रधानमन्त्री हुने, यसले सरकार बनाउने निश्चित उद्देश्य त हुँदैन । त्यसले  पुरानो सत्तालाई विस्थापित मात्र गर्छ । एउटा संक्रमणकालभर नागरिक सरकार बन्छ । त्यस्तो सरकार चुनावी प्रयोजनका लागि हुन्छ ।

    अहिलेको जेनजी आन्दोलनमा अन्य अराजनीतिक तत्त्वहरू पनि घुसे होलान् । जुन खालका आगजनी भएका छन्, व्यक्तिगत सम्पत्तिमाथि तोडफोड भएको छ । यस्तो आन्दोलनका क्रममा नापतौल लिएजस्तो हुँदैन । त्यसमा राजनीतिक दलहरूलाई के लागिरहेको छ भने षड्यन्त्रमा माहिर छन् यिनीहरू । यिनीहरूको भाष्य कुनै षड्यन्त्रले हामीलाई विस्थापित गराए भन्ने हुन्छ ।

    त्यसले गर्दा अहिले भएका परिवर्तनलाई सहजरूपमा स्वीकारेर, हाम्रै कारणले यी सबै भएको भनेर आफ्नो पार्टीलाई रिफर्म गर्ने, पार्टीबाट पुराना पुस्ता बिदा हुने, चाँडो पार्टीको अधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्न त कहाँ हो कहाँ, उनीहरूले आन्दोलनलाई नै दुत्कारेर आफ्नो विरुद्ध भएको षड्यन्त्रको रूपमा बुझ्ने पुरानै रोग हो । त्यसबाट हामीले मुक्त गर्न सक्दैनौं । जनताले नै निर्वाचनमार्फत सजाय दिने हो ।

    पूर्वपञ्चहरुले आफ्नो हार स्वीकार गरेका थिए । तर यिनीहरूले आफ्नो पराजय स्वीकार गरेकै छैनन् । उनीहरूले निर्वाचनका सम्पूर्ण अवयवहरु कब्जा गरेर पार्टीको संयन्त्रलाई राज्य संयन्त्रमा बदलेको होइन र ? यिनीहरूलाई सडकबाट हटाउनुपर्ने कारण नर्मल कोर्सबाट गएको त होइन । अझै पनि हामीलाई षड्यन्त्र गरेर हटाए भन्ने नै यिनीहरूको दिल दिमागमा छ ।

    राजावादी सक्रिय हुनुमा तिनीहरू एउटा राजनीतिक सङ्गठित शक्ति हुन् । उनीहरूले राजनीतिक तहबाट नै निकास खोज्छन् । यो त पूर्ण जनविद्रोह हो । विद्रोहले पुरानालाई फाल्छ । नयाँले  सङ्क्रमणकालीन अवस्थामा सबै मिलेर गर्ने हो । अब त सडकको म्यान्डेटलाई संविधानमा संशोधन गरेर सम्बोधन गर्नुपर्छ ।

    अझै दलहरूको यस्तै रबैया यस्तै हो भने यो संविधान पूरै च्यातचुत हुन्छ । अहिले त शून्य मात्र सिर्जना भएको छ । त्यहाँसम्म पुग्नु अगाडि नै चुनावबाट पूरै सडक र राजनीतिक दलहरूको नयाँ म्यान्डेटलाई अनुमोदन गर्नुपर्छ । अहिले राजनीतिक दलहरू भ्यालिड छैनन् । विघटित संसदको आकार हेरेर म ठुलो दल र तँ सानो दल भन्ने होइन ।

    संसद् पुनर्स्थापना गर्न खोज्नु भयंकर गलत कुरा हो । चुनावमा गएपछि नेपाली कांग्रेस जिरो सिट पनि हुनसक्छ । एमाले जो दोस्रो ठुलो दल थियो ऊ पनि जिरो सिट हुन सक्छ । हिजो संसद्मा के थियो भनेर अहिले भन्ने होइन । अब नयाँ र फ्रेस म्यान्डेटमा जाने हो । कुन पार्टी आउँछन् ? कुन–कुन पार्टी दर्ता हुन्छन् ? कसले बहुमत ल्याउँछ ? कसलाई के थाहा छ अहिले ?

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.