• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अहिले त शून्य मात्र सिर्जना भएको छ , दलहरूको यस्तै रबैया यस्तै हो भने यो संविधान पूरै च्यातचुत हुन्छ ; मुवाराम खनाल

"अहिले त शून्य मात्र सिर्जना भएको छ , दलहरूको यस्तै रबैया यस्तै हो भने यो संविधान पूरै च्यातचुत हुन्छ ; मुवाराम खनाल "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, असोज २४, २०८२  

  • राजनीतिक आन्दोलन सङ्गठित हुन्छ । एउटा निश्चित पार्टीको दर्शन, दर्शन अनुसार राजनीतिक एजेन्डाहरू हुन्छन् । तर यस्तो असङ्गठित विद्रोह पुराना दलहरूले गरेको भ्रष्टाचार, उनीहरूले गरेको मनोमानी, लोकतान्त्रिक संस्थामाथिको आक्रमण विरुद्धमा हुन्छ । यस्ता असङ्गठित शक्तिले सत्ता पल्टाउनका लागि फलानो मान्छे प्रधानमन्त्री हुने, यसले सरकार बनाउने निश्चित उद्देश्य त हुँदैन । त्यसले  पुरानो सत्तालाई विस्थापित मात्र गर्छ । एउटा संक्रमणकालभर नागरिक सरकार बन्छ । त्यस्तो सरकार चुनावी प्रयोजनका लागि हुन्छ ।

    अहिलेको जेनजी आन्दोलनमा अन्य अराजनीतिक तत्त्वहरू पनि घुसे होलान् । जुन खालका आगजनी भएका छन्, व्यक्तिगत सम्पत्तिमाथि तोडफोड भएको छ । यस्तो आन्दोलनका क्रममा नापतौल लिएजस्तो हुँदैन । त्यसमा राजनीतिक दलहरूलाई के लागिरहेको छ भने षड्यन्त्रमा माहिर छन् यिनीहरू । यिनीहरूको भाष्य कुनै षड्यन्त्रले हामीलाई विस्थापित गराए भन्ने हुन्छ ।

    त्यसले गर्दा अहिले भएका परिवर्तनलाई सहजरूपमा स्वीकारेर, हाम्रै कारणले यी सबै भएको भनेर आफ्नो पार्टीलाई रिफर्म गर्ने, पार्टीबाट पुराना पुस्ता बिदा हुने, चाँडो पार्टीको अधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्न त कहाँ हो कहाँ, उनीहरूले आन्दोलनलाई नै दुत्कारेर आफ्नो विरुद्ध भएको षड्यन्त्रको रूपमा बुझ्ने पुरानै रोग हो । त्यसबाट हामीले मुक्त गर्न सक्दैनौं । जनताले नै निर्वाचनमार्फत सजाय दिने हो ।

    पूर्वपञ्चहरुले आफ्नो हार स्वीकार गरेका थिए । तर यिनीहरूले आफ्नो पराजय स्वीकार गरेकै छैनन् । उनीहरूले निर्वाचनका सम्पूर्ण अवयवहरु कब्जा गरेर पार्टीको संयन्त्रलाई राज्य संयन्त्रमा बदलेको होइन र ? यिनीहरूलाई सडकबाट हटाउनुपर्ने कारण नर्मल कोर्सबाट गएको त होइन । अझै पनि हामीलाई षड्यन्त्र गरेर हटाए भन्ने नै यिनीहरूको दिल दिमागमा छ ।

    राजावादी सक्रिय हुनुमा तिनीहरू एउटा राजनीतिक सङ्गठित शक्ति हुन् । उनीहरूले राजनीतिक तहबाट नै निकास खोज्छन् । यो त पूर्ण जनविद्रोह हो । विद्रोहले पुरानालाई फाल्छ । नयाँले  सङ्क्रमणकालीन अवस्थामा सबै मिलेर गर्ने हो । अब त सडकको म्यान्डेटलाई संविधानमा संशोधन गरेर सम्बोधन गर्नुपर्छ ।

    अझै दलहरूको यस्तै रबैया यस्तै हो भने यो संविधान पूरै च्यातचुत हुन्छ । अहिले त शून्य मात्र सिर्जना भएको छ । त्यहाँसम्म पुग्नु अगाडि नै चुनावबाट पूरै सडक र राजनीतिक दलहरूको नयाँ म्यान्डेटलाई अनुमोदन गर्नुपर्छ । अहिले राजनीतिक दलहरू भ्यालिड छैनन् । विघटित संसदको आकार हेरेर म ठुलो दल र तँ सानो दल भन्ने होइन ।

    संसद् पुनर्स्थापना गर्न खोज्नु भयंकर गलत कुरा हो । चुनावमा गएपछि नेपाली कांग्रेस जिरो सिट पनि हुनसक्छ । एमाले जो दोस्रो ठुलो दल थियो ऊ पनि जिरो सिट हुन सक्छ । हिजो संसद्मा के थियो भनेर अहिले भन्ने होइन । अब नयाँ र फ्रेस म्यान्डेटमा जाने हो । कुन पार्टी आउँछन् ? कुन–कुन पार्टी दर्ता हुन्छन् ? कसले बहुमत ल्याउँछ ? कसलाई के थाहा छ अहिले ?

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi
    पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित
    GenZ Red Force को केन्द्रीय समिति बैठक सम्पन्न, ‘गाउँ–बस्ती अभियान’ प्रभावकारी बनाउन बहुआयामिक निर्णय
    ताजा अपडेट
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi
    • पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित
    • GenZ Red Force को केन्द्रीय समिति बैठक सम्पन्न, ‘गाउँ–बस्ती अभियान’ प्रभावकारी बनाउन बहुआयामिक निर्णय
    • धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार
    • अग्रगमन पक्षधरको बृहत् ध्रुबिकरण पद र सत्ता नभएर मुलुकको आर्थिक र राजनैतिक संकटबाट मुक्ति दिलाउन हो:डम्बर पुलामि

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.