पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खडका उर्फ गोल्डेन छन् ।
३८ वर्षीय खडकाले भदौ २४ मा भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेको आरोप छ । प्रदर्शनको समयमा आगजनी गरेपछि उनी थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित कालिमाटी प्रहरी वृत्त अघिल्तिर खुसी मनाइरहेको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ ।
खडका आफ्नो घर रहेको काठमाडौँ– १३ को वडा कार्यालय पनि आगजनी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सोल्टिमोडस्थित वडा कार्यालय आगजनी गर्ने समूहको नेतृत्व पनि उनले नै गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।








