बिरोध त हुन्छ!
लुटाहाहरु लुट्न नपाउँदा
किर्नाहरु चुस्न नपाउँदा
अराजकहरु घुस्न नपाउँदा
मनपरि देश लुट्न नपाउँदा
सशक्त बिरोध हुन्छ अब
भुपु उपभोक्ता जुटाएर
घाइते गर्दन उठाएर
जेन्जिहरुलाइ फुटाएर
बिदेशी खेलाडी बोलाएर
धारा दफा केलाएर
नाइटो देखि बल लगाएर
बिरोध त हुन्छ हुन्छ।
नाङ्गो ताण्डव नाच्नेहरु
आशाको मुना भाँच्नेहरु
छिटो बिरोध गरिहाल
आफ्नो औकातमा झरिहाल
साकाहारी मांसहारी एक होउ
गाउँ शहर बन पाखा रोउ कराउ
छिटोभन्दा छिटो बिरोध जनाउ
तर एउटा कुरा ख्याल गर
तिम्रै घर हुनसक्छ जेन्जि
हुनसक्छ छिमेकीको नीग्रानी
त्यतै होलान उत्पीडित समुदाय
भुइँ मान्छेले हेरिराछन
हिसाब किताब गरिराछन
फेरि पनि बिरोध त हुन्छ हुन्छ!
साभार उहा सामसामयिक देश को बिसयमा लेख्नुहुन्छ /







