• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जेन-जी आन्दोलनको क्रममा प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटपाट


  •    अभियान हाम्रो डट कम/ बुधबार, असोज ०१, २०८२  

  • आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ २३ भदौमा खासै क्षति नभए पनि २४ भदौको प्रदर्शनमा ठूलो क्षति भएको हो ।

    पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको मृत्यु भयो ।

    प्रदर्शनकारीहरू एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोड्दै संसद् भवन प्रवेश गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउँदै सेना परिचालन गरेको थियो ।

    सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार र बेथतिको अन्त्यको माग गर्दै प्रदर्शनमा उत्रिएका जेन-जीको आक्रोश रोकिएन ।

    दिउँसैबाट भएको तोडफोड र आगजनी राति १० बजेसम्म निरन्तर चल्यो । राति १० बजेबाट सेनाले सम्पूर्ण सुरक्षा कमान्ड आफ्नो हातमा लिँदै फिल्डमा उत्रिएपछि बल्ल आगजनी, तोडफोड र लुटपाट मत्थर भएको थियो ।

    राति १० बजेसम्मको तोडफोड र आगजनीबाट प्रहरी कार्यालयहरू खरानी बनेका थिए । ज्यान बचाउनकै लागि प्रहरीहरू कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो । बर्दी फुकालेर भाग्दै केही प्रहरीले ज्यान बचाए । केहीले बर्दी फुकाल्दै हाड उठाएर प्रदर्शनकारीसँग आत्मसमर्पण गरे ।

    साढे ४०० भवन ध्वस्त

    प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्नेसम्मका काम गरेका थिए । त्यस क्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब साढे ४०० भवन ध्वस्त भए ।

    प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण क्षति भए । ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुन: प्रयोग गर्न सकिने अवस्था नै नरहेको बताइएको छ ।

    २५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुन: प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ । सबैभन्दा बढी क्षति त उपत्यका भित्रैका प्रहरी कार्यालयमा भए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.