• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आउदो बिस्वले कताको यात्रा तय गर्ला ! साम्यबादि कि पुजिबादि ? – बिस्लेसक s.p.regmi


  •    संवाददाता/ बिहिबार, साउन २३, २०८२  

  • आउदो बिस्वले कताको यात्रा तय गर्ला ! साम्यबादि कि पुजिबादि ? – बिस्लेसक s.p.regmi हिजोआज सबै दलहरु आफ्ना पार्टीको पुच्छरमा समाजवाद झुन्डाउन रुचाउछ्न चाहे काङ्ग्रेस ले समाएको बिपिको समाजबाद होस या कम्युनिस्ट ले झुन्डाउने समाजबाद। चाहे बिप्लवल माओवादी ले झुन्डाउने बैज्ञानिक समाजबाद होस या नेकपा बहुमतले झुन्डाउने बैज्ञानिक समाजबाद। बिधमान परिस्थितिमा हेर्ने हो भने नेपाल र यहाका दलहरुमा समाजबादी चर्चा चुलिएको छ। तर कतिपय नेता कार्यकर्ता र अधिकाम्स जनता समाजबाद बारे अनबिग्य नै देखिन्छन के होत समाजबाद ? के हो त समाजबाद ? ल्याटिन भाषाको ‘सोसियर’ भन्ने मूल शब्दबाट अङ्ग्रेजी भाषासम्म पुग्दा सोसियरदेखि सोसलिज्म हुन पुगेको हो ।

    तिनै सोसिलिज्म शब्दलाई खस भाषामा अनुवाद गर्दा ‘समाजवाद’ भनेर भनिएको हो । अब तिनै समाजवादलाई राम्रोसँग बुझ्नको लागि पुँजीवादको विषयमा पोख्त ज्ञान हुन पक्कै पनि जरुरी देखिन्छ किनभने पुँजीवाद र समाजवाद एक अर्कामा चुम्वकका विपरित ध्रुवहरु जस्तै हुन् अथवा समाजवाद पुँजीवादको खिलाफमा कल्पना गरिएको राजनैतिक वा आर्थिक सिद्धान्त हो । समाजवाद एक राजनीतिक र आर्थिक प्रणाली हो जहाँ उत्पादन, वितरण र विनिमयका साधनहरूको स्वामित्व वा नियमन सामूहिक रूपमा गरिन्छ, सामान्यतया राज्य वा जनताद्वारा। समाजवादको लक्ष्य भनेको सामाजिक समानतालाई बढावा दिनु, वर्गभेदलाई कम गर्नु र सम्पत्ति र स्रोतहरूलाई जनसंख्यामा समान रूपमा सामुहिक रुपमा उपभोग र वितरण गर्नु हो। वास्तवमा समाजवाद राज्यको त्यस्तो आर्थिक अवस्थासँग गाँसिएको शब्द हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सरकारमा निहित हुन्छ । यसलाई अर्को शब्दमा सामाजिक स्वामित्व पनि भनिन्छ । यदि सामाजिक स्वामित्व नीति अँगाल्ने राज्य छ भने त्यसलाई समाजवादी राज्य भनिन्छ ।

    सामाजिक स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन सबै राज्यमै केन्द्रित हुनु हो । यसरी समाजवादको सिद्धान्तलाई वकालत गर्ने व्यक्ति वा समूहलाई समाजवादी भनिन्छ । समाजवादमा निजीत्वको सम्भावना न्यून हुन्छ र सामूहिकताको सम्भावना बढी हुन्छ । समाजवादमा कुनैपनि कच्चा पदार्थ, औजार र उपकरण, कलकारखाना तथा श्रम सबै उत्पादनसँग सम्बन्धित तत्व हुन् । र, यसबाट उत्पादित वस्तु समूहमा सङ्कलन गरिन्छ तथा आवश्यकताअनुसार वितरण गरिन्छ वा यसमा निजी ब्याक्तिगत वा निजि संघ संस्थाको कुनै सम्बन्ध छैन भनिन्छ । समग्रमा समाजबाद उत्पादन का साधन मा सामुहिक स्वामित्व भनेर बुझ्नु पर्दछ। यसका पनि प्रकार हरु धेरै हुन्छन।अब जाउ पुजीवाद तर्फ । के हो त पुजिबाद ? पूँजीवाद (अङ्ग्रेजी: Capitalism क्यापिटालिजम) सामन्यत यस्तो आर्थिक प्रणाली या तन्त्र हो जसमा उत्पादनको साधनमाथि निजी स्वामित्व हुन्छ। यसलाई कहिले-काहिँ “व्यक्तिगत स्वामित्व”को [पर्यायवाची]को रूपमा समेत हेर्ने गरिन्छ। यद्यपि यहाँ “व्यक्तिगत”को अर्थ कुनै व्यक्ति अथवा व्यक्तिहरूको समूह भन्ने पनि बुझिन्छ। हुनत पुँजीवादलाई एक्कैचोटी निचोडमा पुगेर भनि दिने हो भने त्यस प्रणालीमा व्यक्त्तिगत सम्पतिमा मानिसहरुको आफ्नो अधिकार रहन जान्छ । त्यति मात्रै नभएर धेरैजसो उद्योगधन्दाहरु ब्यक्त्तिको स्वामित्वमा हुन्छ ।

    व्यक्त्तिको स्वामित्वमा रहेको उद्योगमा श्रमिकहरुले जतिसुकै दुःख गरेर वस्तुको उत्पादन क्षमता बढाए पनि मुनाफा सबै मालिकले नै लिने गर्दछन् । जसको फलस्वरुप धनीहरु दिनदिनै धनी र गरिबहरु दिनानुदिन गरिब हुँदै जान्छन् । सामन्य अर्थमा बुझ्दा धनी र गरिबको खाडल झनझन् गहिरो हुँदै जान्छ र समाजमा वर्गीय विभेद रहिरहन्छ । अब बुझौ बैज्ञानिक समाजबाद। के हो त बैज्ञानिक समाजबाद ? विश्वको औद्योगिक क्रान्तिपश्चात प्लेटोको समयावधिमा बढी मात्रामा प्रचलनमा आएको यो समाजवादी व्यवस्था बिस्तारै बिस्वबाट हराउँदै थियो । वास्तवमा समाजवादको यो सिद्धान्तलाई सन् १८३० को सेरोफेरोमा आइपुग्दा विभिन्न रुपले अर्थ लगाउदै गलत अर्थ लगाउन थालियो। सन् १८४८ मा आइपुग्दा पुँजीवादका प्रमुख व्याख्याता कार्ल मार्क्स र एंगेल्स्ले ल्याएको कम्युनिस्ट घोषणापत्रमा समाजवादलाई परिमार्जन गर्दै हरेकको स्वतन्त्र विकासको शर्त नै सबैको स्वतन्त्र विकास हो भन्ने धारणा आएपछि यसको व्याख्या वैज्ञानिक समाजवादको ढंगले हुन थालेको हो । मार्क्स र एंगेल्सले ल्याएको त्यतिबेलाको अवधारणा समाजमा रहेका कुरीति, अन्धविश्वास, थिचोमिचो, चरम गरिबी, काला र गोराबिचको प्रवृत्ति वा दास प्रथा आदि सुहाउँदो थियो, जसले गर्दा यो निकै लोकप्रिय हुन पुग्यो र मार्क्सको दर्शन अहिलेसम्म पनि उत्तिकै सह्रानीय रहेको छ ।

    वैज्ञानिक समाजवाद भनेको पुराना समाजवादी सिद्धान्तलाई आवश्यक परिमार्जन गर्दै देश सुहाउँदो समाजवाद लागु गर्ने कुरा हो भन्ने धारणा पर्छ । यस अन्तर्गत दलाल पुँजीवादको विरुद्ध वकालत गर्दै समुन्नत समाज निर्माणका लागि राष्ट्रिय पुँजीको निर्माण गर्ने योजना बैज्ञानिक समाजबाद हो। अथवा दलाल पुजिबाद र साम्यवाद बिचको सक्रमणकालिन अवस्था बैज्ञानिक समाजबाद हो। लन्डनमा सन् १८४८ मा मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र प्रकाशनमा ल्याउदा उनिहरुले द्वन्द्वात्मक भौतिकवादलाई मूल आधार मानेर केही नियमहरु प्रतिपादन गरेका थिए । तिनै नियमहरु जस्तैः- गतिशीलता, सम्वद्वता, विरोधी तत्वमा एकता र आन्तरिक विरोधहरु हुन् । त्यसलाई उनीहरुले वैज्ञानिक समाजवाद भनेका थिए । एक सब्दमा भन्नुपर्दा समाजबादको समय परिस्थिति अनुसारको क्रमिक सुधार नै बैज्ञानिक समाजबाद भनेर बुझ्न सकिन्छ। अब लागौं विश्व कता तिर जादैछ त ? आजको विश्व आर्थिक राजनैतिक र सास्कृतिक प्रणालीलाई सुक्ष्म अध्यन गर्ने हो भने समाजबाद भन्दा पुजिबाद तर्फ तिर नै ढल्केको पाइन्छ। र अर्को बुझ्नुपर्ने कुरा हामिले पुजिबादको चरम बिकास पछि मात्रै समाजबादको स्थापना हुनेछ। अहिलेको बिस्वमा घटेका घटना समग्रमा हेर्दा चाहे त्यो रसिया-युक्रेन होस वा उत्तर कोरिया-दक्षिण कोरिया। गाजा – इजरायल होस या पाकिस्तान अफगानिस्तान। चीन -ताइवान होस या अन्य। यिनी हरु समग्रमा आफू आफू लडिरहेका छैनन।देख्दा त्यस्तो देखिए पनि अन्ततः यो सामुहिक लडाइ नै हो। यसरी हेर्दा के बुझ्न सकिन्छ भने पुजिबादको चरम बिकास पछि जब सामुहिक लडाइ लड्नुपर्ने बाध्यता आज बिस्वलाइ छ भने पक्कै हामी समाजबाद उन्मुख दिसामा विश्व गैरहेको छ भनेर ठोकुवा वा एकिन गर्ने कि नगर्ने त ?
    बैज्ञानिक समाजवादका पिता कार्ल मार्क्सले समाजवाद हुँदै साम्यवादमा पुगेर इतिहास सकिन्छ भनेका थिए । तर उनको त्यस विचारलाई चुनौती दिँदै फ्रान्सिस फुकुयामाले पुँजीवादमा पुगेर मात्र मानव जीवनको इतिहास सकिन्छ भनेका छन। अब मेरो ब्याक्तिगत राय साम्यवाद मै पुगेर विश्व इतिहास सकिन्छ। तपाइलाइ के लाग्छ ? साम्यवाद कि पुजिबाद ? प्रस्नको उत्तर कमेन्ट बक्समा छोड्नुहोला भन्दै कलम बिसाउछु धन्यवाद।
    ✍️बिस्लेसक s.p.regmi

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.