मैले केही कुरा लेख्नै पर्छ। किनकी आज को आवस्यकता सत्य लेख्नु पनि क्रान्ति भै सक्यो।सन्सार त्यति धेरै झुटको पछि हिडाएको छ पुजिबादले कि यहाँ सत्य भेट्नु मुस्किल छ। हिजो मेरो AK47 बर्गदुस्मन बाहेक कोहि देख्दैनथ्यो।आज मेरो कलम सत्य सिबाय केही लेख्दैन। किनकी एक्लै बन तर सत्य बन माओवादी बिचार हो। जसलाइ छोडेर म त्यो झुटको बाटो सग साइनो राख्न मलाइ सहिदको सपनाले हमेसा खबरदारी गरि नै रहयो। प्रसङ्ग हामिले लडेर ल्याएको गणतन्त्र भित्र अनेकौं घुम्तिहरु अप्टिकल हरु थिए,छन। तर बिडम्बना हामिले कस्तो रास्ता रोज्यौ ? आपतकालीन अवस्थामा कार्यकर्ता खोज्ने अन्यबेला सत्ता र कुर्सिको चास्निमा रमाउने?
आज गणतन्त्र का निमित्त लड्ने जनता खाडिको 50° डिग्री तातोमा आफुलाइ बेचिरहेका छन तर यहाँ नेताहरु तिनिहरुको पसिनामा मोज गरेको हो कि होइन ? गणतन्त्र सबै भन्दा यदि खतरामा छ भने नेताहरु बाट नै छ। निरङ्गकुस सामन्ती राजतन्त्र त जनता र नेता बिचको जुन दुरि बड्दै गैरहेको छ यसै बिचको मौका हेरेर कतै हिजोको आफ्नो लुटको साम्राज्य फर्किन्छ कि भनेर साडेका पछि स्याल दगुराइ मात्रै हो। यदि गणतन्त्र फुलाइ राख्नु छ भने नेता भित्रको बिकार मिल्काउनै पर्छ। गणतन्त्र ब्यवस्था कस्तो ब्यवस्था भन्ने कुरा नेतालाइ भन्दा जनतालाइ अवगत छ। गणतन्त्र को कभर लगाएर भस्ट्रचारको खिचडी पकाउने जुन काम नेताहरु बाट भएको छ त्यो गलत छ। गणतन्त्रको कभर लगाएर इट्टाभट्टामा जिउदै मान्छे पोल्ने लाई उन्मुक्ति दिने जुन काम भएको छ त्यो गलत छ। गणतन्त्र को पर्दा लगाएर भुटानी सरणार्थी बनाएर होस या भिजिट भिसाको नाममा जुन जनता बेच्ने काम भएको छ। त्यो गलत छ।
यस्ता बिकृती र भस्ट्रचारका थुप्रो हरु दिनानुदिन जसरी चुलिदैछन सायद उचाइ नाप्ने हो भने सगरमाथा को उचाइ कम पर्न जान्छ होला। तर एकपछी अर्को गर्दै गणतन्त्र को कभरमा यस्ता बिकृतिका उचाइ हरु बड्ने क्रम जारी छ। हुदा हुदा नेताहरूले जुन गणतन्त्रको कभर लगाएका थिए त्यो भन्दा माथी बिकृतिको चुचुरो देखिन थाल्यो। जनता स्पष्ट थिएकि गणतन्त्र यस्तो क्रप्टेड सिस्टम होइन। यसलाइ नेताहरूले नै भाइरसयुक्त बनाएका हुन। त्यसैले बिकल्पको नाराहरु सडकमा देखिएका हुन यसलाइ कम आक्नु भने हुन्न। कमरेड स्टालिनले भने झै …. “भोको पेटमा ब्याक्तिगत स्वतन्त्रता को कुनै महत्त्व हुन्न।” माओ ले भने झै जति नै क्रान्ति को कुरा गरे पनि मुख्यतः बदल्नु हो। हामिले घत्लिएर धेरै आत्मसमिक्षा गर्न जरुरी छ। हामी जननिरासाको चरम बिन्दुमा छौ जुन भुसको आगो बनेर समाजमा सल्किरहेको छ। हामिले जनतालाइ परिवर्तन को आभास दिलाउन छोडेर हामी आफै गणतन्त्र को भोजमा रमाउन थाल्यौ। भुइ मान्छे र गणतन्त्र को बिचमा दलिय सिन्डिकेटको पर्खाल खडा गर्यौ यो भत्काएर एउटा भुइ मान्छे सहजै सत्तामा आउन सक्ने प्रत्यक्ष प्रणाली दिन सकेनौ।
राज्यको साधन श्रोत निस्चित केही ब्याक्ति र माफिया हरुको पहुचमा राखेर नेताहरु हिजोको लक्ष्य बिपरित निजिकरण तर्फ अघि बडेको देखिन्छ। जनतालाइ यो कुरा मन परेको छैन। गणतन्त्र कस्तो ब्यवस्था हो भन्ने कुरा नेतालाइ भन्दा जनतालाइ स्पष्ट थाहा छ।थियो। तर सत्ताको आडमा गणतन्त्र माथी फोहोर थुपारेर कुरुप बनाइयो, गणतन्त्र ब्यानर राखेर फासिस्ट शासन चलाएको जनतालाइ मन परेको छैन। अन्त्यमा यदि गणतन्त्र ब्यवस्थाको सिस्टम अनुसार नै देस अघि बड्ने हो र जनताले गणतन्त्र प्रत्यक्ष महसुस गर्ने हो भने गणतन्त्रको आयु देखिन्छ। गणतन्त्र आफैमा सबै थरी फुल्न सक्ने सुन्दर ब्यवस्ता र मानव अधिकार सहितको स्वतन्त्रता हो। एकल परिवारमा केन्द्रित तानाशाही सामन्ती ब्यवस्थामा केन्द्रित ब्यवस्था जनताको ब्यवस्था हुनै सक्दैन। अहिले बिस्वमा भएका उन्नत ब्यवस्था मध्ये गणतन्त्र मानव स्वतन्त्रता र नागरिक सर्बोच्चता का निमित्त उत्कृष्ट ब्यवस्था हो जसको बिकल्पमा अर्को हुनै सक्दैन। हामी सबैले बुझ्नु पर्ने मुख्य कुरा गणतन्त्र समस्या होइन समस्या सासनसत्ता ड्राइभ गर्ने हरुमा छ । त्यसैले अब भ्रष्ट सासक बिरुद्ध हरेक नागरिक सडकमा उत्रन जरुरी छ। औंलामा काडा बिज्यो भनेर हात काट्ने होइन कि काडा झिकेर फाल्नु बुद्धिमानी हुन्छ।तर हरेक आन्दोलन को मुभमेन्ट मासको सेन्टिमेन्ट सग भर पर्ने हुदा गणतन्त्रबादी हरु सचेत्ततापुर्वक अप्टिकल नियाल्न जरुरी छ। यो पङ्गतिकार फेरि पनि स्टालिन लाई दोहोराउन चाहान्छ “भोको पेटमा ब्याक्तिगत स्वतन्त्रताको कुनै महत्व हुन्न।” जय परिवर्तन ।