पोखरा । मञ्जुश्री फाइनान्स लिमिटेडले,श्री जनप्रेमी आधारभुत बिद्यालय घान्द्रुक किम्चेको अभिभावक दिवास,अक्षय कोष तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुको लागि तीनवटा ह्वाइटबोर्ड र कपी कलम वितरण गरेको छ । फाइनान्सले पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्य सम्पन्न गरेको छ ।
फाइनान्सले यस आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदयित्व अन्तरगत विविध सामाजिक कार्यहरु जस्तै रक्तदान कार्यक्रम सञ्चालन, विभिन्न स्वस्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वीच विविध सचेतना मुलक निबन्ध लेखन प्रतियोगिता सञ्चालन, सामुदायिक विद्यालय अध्ययनरत विपन्न बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री तथा सेनिटरी प्याड वितरण जस्ता कार्यक्रमको लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
निकट भविष्यमा फाइनान्सले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने मन्जुश्री फाइनान्स लिमिटेड पोखराका शाखा प्रबन्धक शर्मिला श्रेष्ठलेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैैंकले कारोबार शुरु गरेको अठार वर्षको समयावधिमा आफ्नो २७ वटा शाखाहरु, एक विस्तारित काउन्टरर, एक वटा ए.टि.एम.बाट ग्राहकवर्गलाई बैकिङ्ग सेवा पुर्याउँदै आईरहेको छ ।