थाहा छ !
तिम्रो आजको सय दान
भोलिको हजार स्मसान
अहं त्यो कदापि चाहन्नौं
त्यो छद्म घृष्टता पुरा हुन दिदैनौ
तिम्रा जलविद्युत नभए के भो ?
सल्लाको दियालो बालौंला !
तिमी बिना बाटो नबने भैगो
बिगत मा झैं पैदल हिंडौंला !
कसैको सहाराको सुख होइन
आफ्नै पाखुरिको दु:ख रोजौंला
दुई छाक मिठो नभए के भो ?
बन को कन्दमुल खोजौंला !
म छोरा हुँ
आमा बन्धक राखेर हाँस्न सक्दिन
स्वाभिमान गुमाएर बाँच्न सक्दिन
छाडिदेउ यहि परिवेश
स्वतन्त्र यो प्यारो देश
असंलग्न परराष्ट नीति
यहि हो जनताको जनादेश
कसै संग लड्नु छैन
कसैलाई जित्नु छैन
कसैको पक्ष लिनु छैन
अरुको भरमा हिंड्नुछैन
ए मेरो साशक ?
बिन्ती छ !
सक्छौ उन्नति गर
सक्दैनौं बर्बाद नपार
अरुले थुकेको थुक ले
मेरो घाँटी भिजाउनु छैन
बहिनी को इज्जत लुटाइ
मित्रता निभाउनु छैन
फाँड्न परोस खोरिया
साट्नु छैन यो देशको सान
हिरोसिमा र नागासाकी नबनाउ
प्रयोग गरि संविधान
स्वाभिमानी नेपालिको
विविध राष्ट्रियता
ए नेता ज्यु नलगाउ न
कलंक को टीका !
बिकाश लुंगेली
सिन्धुलि
हाल पोखरा