लक्ष्मी तामांग
एकदिन कक्षामा बिहानिको घण्टी अगाबै खासखुस हल्ला चल्यो निकै मन्दरुपमा अझ भनौ त्यो मन्द खासखुस पनि त्यतिनै सिमित होस भन्ने हेतुका साथ किनकी त्यो मन्द हल्ला बढी चलेमा धेरै विद्यार्थीको मनोबिज्ञानमा असर पर्न सक्ने एकातिर थियो भने अर्कोतिर त्यतिबेलाको परिस्थितिनै त्यस्तो थियोकी त्यस्तो विषयलाई खुलेर बोल्ने,सोध्ने र बुझ्ने अबस्था पनि थिएन।बास्तबमा हल्ला हाम्रै कक्षाको चक्र बहादुर बल हिजो माओबादिमा गएको भन्नेबारे थियो।चक्र कक्षामा मद्य्यम खालको विद्यार्थी हुनाले अग्रपंक्तिमा रहेको विद्यार्थीहरुझै मेरो मगजमा उ कहिल्यै गहिरिएर बसेको थिएन त्यसैले म वास्तविक अस्ति सम्मको चक्र बहादुरको स्वभाव,क्रियाकलाप र तस्बिरलाई मगजमा ल्याउने प्रयास गरे।प्रा.बि तहको पढाईपछि मा.बिको पढाईको क्रममा उसंगको तिन बर्षसम्मको अद्य्यानयात्रामा उ पढाईमा मद्य्यम भएपनी अनुशासनमा भने निकै अब्बल थियो।अनाबश्यक नबोल्ने,खराब ब्यक्तिहरुसंग सम्बन्ध नराख्ने,नराम्रो बोली र व्यवहार नगर्ने,कम बोल्ने,कक्षा भित्र शालीन ,शान्त अनि कक्षा बाहिर गम्भीर र भलादमी देखिने उनै चक्र बल सदाको लागि कक्षा छाडि माओबादी बन्न गएको थियो। चक्रले पढाई छाडेर हिडेको धेरै समयपछी एकदिन स्कुल आसपासको बस्तिमा एकहुल कम्ब्याटयुक्त हतियारधारी माओवादी सेनाका महिला,पुरुसहरु आएर बस्यो त्यसैबेलामा एक विद्यार्थीको माद्य्यमबाट भेट्नको लागि एक घरको ठेगाना दिदै बोलायो।साइनोमा उ मेरै परिवारको नजिकको आफन्तमा पर्दथ्यो त्यसैले उ माओबादीमा हिंड्दा मेरो परिवारमा पनि उसको बारेमा कुरा चलेको थियो।
म दिउसोको हाल्फछुट्टीको समय पारी एकजना साथिको साथमा उसलाई भेट्न उसले भनेको घरमा पुगे ।त्यहाँ पुग्दा कम्ब्याट पोसाकमा सुसज्जित महिला,पुरुषसंगै चक्रलाई पनि उहीँ पोशाक र अबस्थामा देखे जहाँ हिजोको निलो सर्ट,कालो पाइन्टको स्कुल पोसाकमा देखिने चक्र आज अर्कै रुपमा मात्र होइन रहनसहन र परिवेश पनि अलगमै भेटिएको थिएँ।भेटको पहिलो औपचारिकतामा उसले के छ,पढाई कस्तो चलिरहेको छ भन्ने सोधाईबाट कुरा थालनी गर्यो भने मैले पनि त्यसै अनुसारको जबाफ दिएर भेटलाई सहज बनाउने प्रयास गरे।यिनै विषयहरुबाट भेटको औपचारिकतालाई अघि बढाउदै गर्दा हामी भएको स्थानमा एक महिला आइन र चक्रले गरिरहेकै कुराको विषयबाट थप कुरा अघि बढाईन भने चक्र चाहिँ ” कुरा गर्दै गर्नु म आइहाल्छु ” भनेर अन्तै कतै गइन। सायद त्यो एक प्रक्रिया थियो होला कि आफू सम्मानको मानिसहरुसंग आफुले कुरा गर्नु भन्दा दोस्रो ब्यक्तीबाट गरेको कुराले प्रभाब राख्न सक्ने भएरै यो सब चक्र आफैले गरेको हुन सक्थ्यो। आफ्नो नाम कबिता बताउने ती महिलाले माओबादिको अर्थ,उदेश्य,बर्तमान परिस्थिती,बिद्यालयको शिक्षा प्रणालीको विशेषता संगै अमरसिह थापा,भक्ती थापा,बलभद्र कुवँरको बिरता र त्यागको इतिहासलाई जोडेर माओबादी युद्धको आबश्यकता र महत्वलाई प्रस्टाईन। हुनत उनको सबै शब्दहरुले भन्न खोजेको अर्थ त हामिले बुझ्न सकिने क्षमता त थिएननै तर अमरसिंहले अंग्रेजसंग लडाइँ गर्दै गर्दा आफ्नो तर्फको फौजी धेरै घाइते र मृत्यु भएपछी दुश्मनसंग लड्न थप फौजी शक्ति केन्द्रीय सरकारसंग माग गर्दा नपठाइएकाले दुश्मनसंग हार स्वरुप आत्मासमर्पन गरेर फर्किनुपरेको र त्यहीँ पिडाले देश छोडेर तिब्बत गएको अन्तत मानसिक असन्तुलनको सिकार भै पचास बर्ष नपुग्दै अन्तिममा नेपालकै भुमि मुस्ताङको एक स्थानमा मृत्यु भएको हुनसक्ने आँकलन मात्र गरियो तर सत्य तथ्य अहिलेसम्म कतै नभेटिएको कथनले भने निकै पिडा दिलायो। बास्तबमा अमरको हकमा अंग्रेजसंग लड्न थप फौजी नपठाउनुको दुई कारणमा एक लामो समयदेखी निरन्तर लडाइँ लडिरहेकाले युद्ध सामाग्री साथै सेना कमि र थकित हुनाले भने दुई प्रबल सम्भावना भनेको यदि त्यो अंग्रेजसंगको लडाइँ अमरको नेतृत्वमा जितेको भए सेनापतिमा भिमसेन थापाको स्थानमा अमर आउनसक्ने भएरै त्यो बेलाको सेनापती स्वयम् भिमसेनले जानाजान नपठाइएको हुनसक्ने इतिहासदेखिको निचोड हो।