• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अख्तियारको टोली लाइ हर्क साम्पाङले शुरुमा मलाई भेट्नुस्, यता त्यता छिर्नुभयो भने अपमानित हुनुपर्ला’

"अख्तियारको टोली लाइ हर्क साम्पाङले शुरुमा मलाई भेट्नुस्, यता त्यता छिर्नुभयो भने अपमानित हुनुपर्ला’ "

  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, जेठ ०७, २०८२  

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङमाथि अनुसन्धान अघि बढाउने भएको छ । खानेपानीको नाममा उठाएको रकम घोटाला गरेको अभियोगमा उनी अनुसन्धानमा तानिएका हुन् ।

    धरानको खानेपानी योजना र पार्क निर्माणको लागि देश-विदेशबाट संकलन गरेको करोडौँ रकम अनियमितता गरेको भन्दै ०८० वैशाखमा मेयर हर्कविरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यतिबेला उनले उपमहानगरकै केही वडाध्यक्षले बेनामे उजुरी दिएको भन्दै सामाजिक सञ्जालमा तथानाम गाली गरेका थिए । तर, अख्तियारले उक्त उजुरी मनासिव ठहर्याउँदै प्रक्रिया अघि बढाएको हो ।

    आयोगको टोली अनुसन्धानका लागि धरान जाने भएपछि यता बिहानदेखि बेलुकासम्म फेसबुकमा अन्टसन्ट लेखेर जुहारी खेलिरहने हर्कले भने उक्त आरोप अस्वीकार गर्दै अनुसन्धानमा सहयोग नगर्ने संकेत दिएका छन् । यसअघि आफूले हालेका उजुरीको कारवाही प्रक्रिया कहाँ पुग्यो भन्दै उनले जवाफ पनि सँगै लिएर आउन घुमाउरो चेतावनी दिएका छन् ।

    ‘अख्तियारको इटहरी शाखाले अनुसन्धानको लागि आउँदैछौँ भनेर पत्र पठाएको छ, ठिकै छ आउनुस्, आएर शुरुमा मलाई भेट्नुस्, फेरि यता त्यता छिर्नुभयो भने अपमानित हुनुपर्ला’, उनले भिडियो सन्देशमा भनेका छन्, ‘मैले पनि अख्तियारमा थुपै उजुरी पठाएको छु, धरानकै आयोजनामा पूर्व वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालगायतले गरेको २२ करोड अनिमितता खोज्नू भनेका थिएँ, अहिले हाम्रो प्रदेशका भौतिकमन्त्रीले धरानमा राति दुई बजे कालोपत्रे गराउनुभएको रहेछ, राति नै किन गराउनु पर्यो ? त्यो पनि खोज्नु भनेको थिएँ, त्यसको रिजल्ट पनि लिएर आउनुहोला ।’

    मेयर हर्कले रिजल्ट नलिई आएमा ‘भेटमा छुचो बोल्नुपर्ने हुनसक्छ’ भन्दै धम्किसमेत दिएका छन् । ‘म नगर प्रमुखजस्तो मान्छे, उपमहानगरपालिकाको लेटरप्याडमै बकाइदाका साथ चलानी नम्बर राखेर पठाएको उजुरीमा कुनै चासो देखिनँ, अनि बेनामे उजुरीमा निकै चासो देखियो, अख्तियारमा चाहि मलाई मन नपराउने पार्टीका मान्छेहरु छन् जस्तो लाग्छ, ठिकै छ आउदा मेरो पत्रको नतिजा लिएर आउनुस्, नत्र म पनि छुचो बोल्नुपर्ने हुनसक्छ है’, उनले थपेका छन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.