• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?

""पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ? "

  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, जेठ ०७, २०८२  

  • “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?”
    संसारको सबैभन्दा पुरानो प्रश्न हो – पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?
    तर जवाफ आजसम्म कुनै किताबमा भेटिँदैन। किनभने यो तुलना होइन, अनुभव हो। यो त आँशु, पीडा, संघर्ष, सहनशीलता र मौनको कथा हो – जहाँ पुरुष र महिला दुवै लडिरहेका हुन्छन्, तर फरक– फरक युद्धभूमिमा।
    पुरुषको काँधमा बोझ हुन्छ – परिवार, जिम्मेवारी, सपना र अपूरा आकांक्षाहरूको। उनीहरू बिहानदेखि रातसम्म खटिन्छन्, आँशु पोख्नेलाई कमजोरी ठानिन्छ। उनीहरू बोल्दैनन्, तर भित्र भित्रै टुक्रिएका हुन्छन्। अनि हाँस्न खोज्दा पनि, “पुरुष भएर किन रोएको?” भन्ने समाजको चिसो व्यंग्यले चुप लाग्न बाध्य हुन्छन्।
    महिलाको युद्ध भिन्न छ—उनीहरूले बारम्बार आफैलाई छायाँ बनाउँछिन्, अरूका सपना पूरा गर्न। दैनिक आफ्ना सपनाको चिहान बनाउँछिन्, संसारका तिक्त वचन, शंका, अपमान, अनि कहिलेकाहीं त आफ्नै अस्तित्वविरुद्धको संघर्ष पनि हँसिलो अनुहारमा लुकाउँछिन्।
    धैर्यको कुरा गर्ने हो भने—
    शरीर चिरेर जीवन जन्माउने शक्ति यदि महिलामा हुन्छ भने, भोक, निद्रा र भावनालाई मारेर परिवार पाल्ने शक्ति पनि पुरुषमा हुन्छ।
    शक्ति दुवैमा छ— तर रूप फरक, बोझ फरक, दुखाइ फरक। एकले भित्रै भित्र टुक्रिएर बाँच्छ, अर्कोले भित्रै भित्रै जल्दै पनि उज्यालो दिन्छ।
    यसैले यो संसारमा सजिलो कसैको पनि छैन।
    न पुरुषको जीवन सरल छ, न महिलाको सजिलो। संसार एउटै छ, तर यात्राको बाटो फरक-फरक छ।
    यथार्थ यही हो- जिन्दगी लडाई हो, जसमा पुरुषले पग्लन सिकेका छन्, र महिलाले बलिन बन्न। दुवैको जिन्दगी पीडाले बनेको कविता हो- जहाँ आँशु लेखिन्छ, मुस्कानले मेटिन्छ।
    #साभार #साजिक सञ्जाल#
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.