दुई बर्षको उमेरमा साङ्गीतिक क्षेत्रमा ड्रमसेट बजाएर बिश्व कृतिमान राख्न सफल बाल प्रतिभा गायक एबम वाध्यबादक उत्प्रेम जोजिजु र साङ्गीतिक क्षेत्रमा श्रस्टाहरुको उत्पादन गर्न सफल जोजिजु म्युजिक सेन्टर म्युजिक स्कुल संचालक एबम गायक सङ्गीतकर्मी बिनित जोजिजुलाइ सयुक्तरूपमा काहुलेपानी सामुदायिक होमस्टेका अध्यक्षका देउ बहादुर गुरुङ सचिब जगत बहादुर गुरुङ र प्रमुख अतिथि बेसीशहर नगर पालिका गाउँ शहर काहुलेपानी ३ का अध्यक्ष सुर्य कुमार श्रेष्ठले सम्मान पत्र सहित खादा अबिर लगाइ सम्मान गरेको थियोे ।
म्युजिक स्कुलको वार्षिक कार्यक्रम अन्तर्गत आन्तरिक पर्यटनलाई टेवा पुर्याउन साङ्गीतिक यात्रा कार्यक्रम जोजिजु म्युजिकल जर्नी -२०७८ मा स्कुलका संचालक एबम गायक सङ्गीतकार बिनित जोजिजु प्रशिक्षक एबम बाध्यबादनमा भोइलिनमा सानू जोजिजु , गितारमा अरुण डङ्गोल, शंकर गुरुङ बेस गितारमा सागर गुरुङ क्याजोनमा विशाल गुरुङ र उत्प्रेम जोजिजु सेक्सोफोनमा कृष्ण थापा मादल इफेक्टमा गौरब थापा रहेको थिए भने गायन तर्फ
म्युजिक स्कुलका बिध्यार्थी कलाकारहरु मोनिका श्रेष्ठ , दीपशिखा थापा , स्वती न्यौपाने , जेनिशा छ्न्त्याल , अजेश बि .क ., अर्जुन नकर्मी ,आशिक थापा ,समीर केसी, गौरव थापा लगायत विशेष प्रस्तुतिमा सम्मानित श्रस्टा उत्प्रेम जोजिजु , बिनित , सानू जोजिजु र पाँच वर्षिया उत्प्रेरणा जोजिजु को प्रस्तुति रहेको थियो ।
भ्रमण तथा साङ्गीतिक यात्रामा रहेको ३५ जना सहभागी हरु लाई पन्च कन्या द्वारा स्वागत सत्कार गर्नुका साथै कार्यक्रममा काहुलेपानी होमस्टेको विशेषताको साथै सो ठाउँमा रहेको लम्जुङ्ग दरबार , काहुलेपानी देबी मन्दिर , लालीगुरास , भ्यु टावर , सो ठाउँबाट देखिने मनोरम हिमालहरु हेर्नुको साथै रितीरिवाज कला सस्कृतिको बारेमा काहुलेपानी सामुदायिक होमस्टेका अध्यक्षका देउ बहादुर गुरुङ सचिब जगत बहादुर गुरुङले जानकारी गराउनु को साथै तिनीहरुको महत्त्वको बारेमा प्रकाश पारेको थिए ।