सिन्धुली, सुनकोशी गाउँपालिका-१ आँपघारीबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ४६ ग्राम, नगद ५२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनकोशी गाउँपालिका-२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहन बहादुर बुर्जा रहेका छन् । प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।