• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्नै टाउकाको श्रीपेच मिल्काएर साथिहरु तिनकुनेमा राजा खोज्दैछन…..गाजा लाग्यो कि क्या हो ?


  •    एस पी रेग्मी / शनिबार, चैत १६, २०८१  

  • बाउबाजेले जिन्दगीभर राजतन्त्रको दमन भोगे। हामिले राजतन्त्र आधा भोगियो।राजतन्त्र नभोगेका अहिलेका टिनएज पुस्ताले हिजोको जम्मा एक घण्टा को घटना नियाल्नु कस्तो थियो राजतन्त्र छर्लङ्ग हुन्छ।

    आगजनी,लुटपाट,आगोमा ज्युदै जलाएर पत्रकारको हत्या,तोडफोड। एक घन्टामा यस्तो छ राजतन्त्रको कास्टिङ्ग झन जिन्दगीभर हाम्रा बाहु बाजेले भोग्नुपर्दा कस्तो भयो होला। हाम्रा बाउ बाजेले कति दमन सहे होलान! आज नाती,पनाति पुस्ता बुजेर राजा भन्दैछौ कि एक प्लेट खाजामा राजा भन्दैछौ ? गम्भीर प्रस्न यो हो। गणतन्त्रले त जो पनि राजा बन्न सक्ने अधिकार दिएको छ। एउटा परिवारको बिर्य मात्रै राजा बन्ने परम्परा हटाएर नागरिक सर्बोच्चता सहितको सार्बभौमसत्ता सम्पन्न अधिकार नेपाली जनतामा गणतन्त्रले सुम्पिएको छ।आज दार्चुला को दमाई राजा बन्न सक्छ। बाजुराको बिस्वकर्मा राजा बन्न सक्छ। रुकुमका मगर राजा बन्न सक्छ्न बाग्मतिको नेवार राजा बन्न सक्छ। पहाडको बाहुन राजा बन्न सक्छ। मधेसको मधेसी राजा बन्न सक्छ। हिमालको शेर्पा राजा बन्न सक्छ।के महिला, के पुरुष, के जात के भासा,के धर्म कुनै विभेद छैन। अनि तिमी आफुलाइ राजा हु भन्ने कुरा बिर्सिएर त्यो भिडमा कुन राजा खोज्दैछौ ??? फेरि पनि म आजका नाति पुस्तालाइ अनुरोध गर्न चाहान्छु। यो गणतन्त्रमा मन नपर्दा भोलि अर्को नेता चुन्छु भनेजस्तो होइन राजतन्त्र ।

    इतिहास बारे गम्भीर अध्यन आवस्यक छ। तिमिमाथी अन्याय हुदा पनि जय भन्नुपर्ने ब्यवस्था हो राजतन्त्र। हुकार नै आदेस हो, बोली नै कानुन हो त्यो ब्यवस्थाको। तिमिसग भएका चिज देउ भनेपछी देउ नदिए मर्न तयार होउ यहि ब्यवस्था हो राजतन्त्र। अतह अहिलेको यो जनताको ब्यवस्था ल्याउन तपाईं हाम्रा दाजुदिदी बा आमाले कति ठूलो संघर्ष गर्नुपर्यो। कति सिउदो हरु उजाडिए,कति घरहरु जले,कति काख हरु रित्तिए के यो सबै त्यही राजतन्त्र को दमन होइन ? नेपाली जनताले नागरिक सर्बोच्चता सार्बभौमसत्ता जनतामा हुनुपर्छ भनेर अधिकार माग्दा यहि राजतन्त्रले होइन गोलि बम बारुद बर्साएको ? अहिलेको बैज्ञानिक युगको पुस्ताले दासता के हो? नागरिक सर्बोच्चता के हो? स्वतन्त्रता के हो भन्ने कुरा गम्भीर ढङ्गले बुझ्न आवस्यक छ।

    हुन सक्छ अहिलेका राज्यसत्ता सन्चालक हरुसग चित्त बुजेको छैन तर यसलाइ त चुनाबमा बदल्न सकिन्छ। आजको जान्छ भोलि अर्को आउँछ। तर किमार्थ राजतन्त्र मा यो सम्भव हुन्न। राजतन्त्रमा त खाए खा नखाए घिच हो। त्यसैले अहिलेको नया पुस्ताको शिरमा गणतन्त्रले राजा बनाएर लाइदिएको श्रीपेच चै खोलेर तीमि कुन राजा खोज्न तिनकुने जादैछौ ?

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.