• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेश बीच सीपमुलक CTEVT तालिमको पहिचान

"लेखनाथ उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् CTEVT गण्डकी प्रदेश बीच सीपमुलक तालिमको पहिचान "

  •    / मङ्गलबार, फागुन १०, २०७८  

  • पोखरा, १० फागुन ।
    लेखनाथ उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् CTEVT गण्डकी प्रदेश बीच सीपमुलक तालिमको पहिचान, सीपयुक्त जनशक्ति उत्पादन र रोजगारीमा आवब्द गराउने सम्वन्धमा द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो ।लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष छत्रधर आत्रेय र CTEVT गण्डकी प्रदेशको तर्फबाट निर्देशक प्रमोदभक्त आचार्य वीच समझदारी पत्रमा हस्ताक्षर गरि बजारको आवश्यकता अनुरुपको तालिममा जोड दिने र CTEVT बाट सोही अनुरुपको तालिम दिने प्रतिवद्धता व्यक्त भयो ।
    कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले छोटो समयमा संचालन गरिएको कपडाबाट चप्पल बनाउने तालिम निकै उपयोगी र आय मुलक भएको स्मरण गर्नुहुदैं अवका तालिमहरु पनि बजारको आवश्यकतालाई मध्येनजर गरि संचालन गरिने बताउनुभएको थियो । बजारमा दक्ष कामदार नहुने र बेरोजगारीको अन्त्य गर्नका लागि बजारको माग अनुसारको तालिम आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
    सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले बजारको आवश्यता अनुरुपको जुनसुकै तालिम दिन CTEVT तयार रहेको बताउनुहुदै CTEVT ले बैदेशिक रोजगारबाट फिर्ता भएका देखि बेरोजगार जनशक्तिलाई मध्येनजर गरि नयाँ नयाँ रोजगारी सृजना हुने खालका तालिम दिने र उद्यमी बनाउने अभियानमा आफु र संस्था लागेको बताउनु भएको थियो ।
    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेउवा संघका पूर्व अध्यक्ष बावुराम गिरीले CTEVTर उद्योग वाणिज्य संघको यो सहकार्यबाट वेरोजगार नागरिकहरुलाई सिपमुलक तालिम दिई दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमी बनाउने र आय आर्जनमा बृद्धि हुनेहुदाँ यस्ता किसिमका सम्झौता अत्यन्त फलदायी हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको थियो ।
    लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, CTEVT गण्डकी प्रदेशका उपनिर्देशक भोजराज ढुङ्गाना, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, उपमहासचिव जानुका पराजुली अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, कार्यसमिति सदस्यद्धय ध्रुवबावु भट्टराई र सन्तोष बराल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले कार्यक्रम संचालित गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.