• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“वी.पी, राष्ट्रिय एकता र मेलमिलाप विषयक” विचार गोष्ठी सम्पन्न


  •    अभियान हाम्रो डट कम / बुधबार, पुष १७, २०८१  

  • पुष, पोखरा

    नेपाली कांग्रेस गण्डकी प्रदेशले ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर आज (मंगलबार) आफ्नै सभाकक्षमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

    गण्डकी प्रदेश मातहत रहेका नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल कम्युनिष्ट एकीकृत समाजवादी, जनमोर्चा नेपाल, जनता समाजवादी लगायतका पार्टीका नेताहरुको उपस्थितिमा मेलमिलाप नितीबारे परिचर्चा भएको थियो ।

    गण्डकी प्रदेशमा क्रियाशिल पार्टीका नेताहरुको दृष्टिमा एकता र मेलमिलाप विषयक प्रवचनमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै, उहाँले राष्ट्रियता र प्रजातन्त्रका लागि वीपीले अगाललेको मेलमिलापको नीति अझैपनि समय सान्र्दभिक भएको बताउनुभयो । राष्ट्रियता मात्र हैन उहाँले नेपाली जनताको जीवनस्तर माथि उकास्न गर्नुभएको योगदानको चर्चा गरेरै नसकिने बताउनुभयो ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापित गर्नकै लागि उहाँले तत्कालीन राजासँग मेलमिलाप गरेको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा वीपीले मेलमिलापको नीति लिनुभएको हो ।
    ‘मेलमिलापको  नीतिका कारण हामी जनमत संग्रह हुँदै लोकतान्त्रिक गणतन्त्रसँगसम्म आइपुगेका छौ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, द्धन्द्धमा फसेको माओवादीलाई पनि शान्ति प्रक्रिया मार्फत प्रजातान्त्रिक बाटोमा ल्याइएका छौ।’

    प्रजातन्त्रको रक्षा र समृद्धिलाई ध्यान दिँदै अहिले पनि दईृ ठूला दल काँग्रेस र एमालेबीच मेलमिलाप गरेर अगाडि वढेको भनाइ उहाँको छ । राजनजीति स्थिरता हुन सकेन भने नेपाली जनताले दुःख पाउने देखेर नै ठूला दलहरु मिलेर संरकार गठन गरेको बताउँदै उहाँले यो नीति भोलिका दिनमा पनि लागु हुने बताउनुभयो ।

    नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रथम जननिर्वाचित वीपी कोइरालाले राष्ट्रियता जोगाउन ठूलो जोखिम मोल्नु भएको बताउँदै अहिले पनि उहाँको योगदानलाई भुल्न नसकिने बताउनुभयो ।

    राष्ट्रिय शक्तिलाई बलियो बनाउन आएको संघीयताका बारेमा बिरोध र टीका टिप्पणी गर्नु गलत भएको बताउँदै राजनीतिमा लाग्नु भनेको समाज सेवा भएको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण देश अराजकता तर्फ जान लागेकै कारण दुई ठूला दलहरु मिलेर सरकार गठन गरेको उहाँले बताउनुभयो । देशलाई राजनीतिक स्थिरता ठूला दलहरुले मात्र दिन सक्ने बताउँदै उहाँले नयाँ दलहरुले राजनीतिक स्थिरता दिन नसक्ने बताउनुभयो ।
    नेकपा (एकीकृत समाजवादीं) का केन्द्रीय सचिव श्रीनाथ बरालले वीपीले अगालेको बाटोलाई दलहरुले अगाल्दै जाने हो भने नेपालमा धनी र गरीवबीचको खाडल कम हुँदै जाने बताउनुभयो । त्यति बेलाको समयमा प्रवासमा बसेकै बेला राष्ट्रियता र प्रजातन्त्र प्रति चिन्तित वीपीको मेलमिलाप नीतिबाट नै आज हामी यहाँसम्म आइपुगेको भनाइ उहाँको छ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरुङले मुलुक बचाउन फुटेर मैन मिलेर जानुपर्छ भन्ने  नीति लिएकै कारण वीपी राजनीतिमा सफल भएको बताउँदै देशको ठूलो पार्टी नेपाली कााग्रेसले प्रजातन्त्र र देशप्रति माया गर्ने दलहरुलाई समेटेर अगाडि वढ्नु पर्ने वताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका नेता शंकर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि वीपी कोइराला दुरदर्शी नेताको रुपमा चिनिर्दै आएको बताउँदै उहाँले लोकतन्त्र नै खतरामा  पार्ने गरी ल्याइएको संघीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
    नेपाल समाजवादी पार्टीका नेता किरण थापाले राष्ट्रियता भूगोलमा मात्र नभएर नेपाली जनताले पनि अनुभूति गर्नु पाउनु पर्ने बताउनुभयो । वीपीको मेलमिलाम नीतिलाई ठूला पार्टीले त्यति महत्व  नदिएको भनाई उहाँको छ ।
    आफूमाथि मृत्युदण्डका आठ–आठवटा मुद्दा चलिरहँदा पनि स्वदेश फर्कने निर्णय गरेर जननेता बीपी कोइरालाले साहसको उच्च उदाहरण प्रस्तुत गरेका थिए । आफ्नो ज्यानको समेत पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्केपछि करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग्दै बीपीसँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायत नेता–कार्यकर्ता स्वदेश फर्किएको दिनलाई कांग्रेसजनले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।
    नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले समापन गरेको उक्त कार्यक्रमको संचालन प्रवक्ता माधवप्रसाद बास्तोलाले गरेको जानकारी नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवं प्रचारप्रसार उपसंयोजक शिरोमणि बरालले दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.