मेष : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। साँझमा भने कलहको योग भएकाले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
मिथुन : अध्ययन अध्यापन सफल रहेको छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
कर्कट : आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। खानपिनमा सचेत रहनुहोला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला तर। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।
सिंह : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। समस्या दर्साउँदा सुखदुखमा साथ दिनेहरू भेटिनेछन्। बोलीको प्रभाव बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ।
कन्या : चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।
तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेमसम्बन्धका लागि श्रेष्ठ समय रहेको छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।
वृश्चिक : काम बिगार्नेहरू सक्रिय रहन सक्छन्। सानातिना समस्यामा अल्झनुपर्नेछ। आलस्य तथा थकानको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला तर वैदेशिक कार्य अघि बढ्नेछ।
धनु : नयाँ जिम्मेवारी पाइएला। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमाबाट लाभ प्राप्त हुने योग पनि छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।
मकर : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। उपहार प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ।
कुम्भ : अरुलाई प्रभावित पारेर काम बन्नेछ। आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ।
मीन : स्वास्थ्यमा समस्या आउनसक्छ। सचेत रहनु होला। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। जोशजाँगर र आत्मबलमा कमी आउनेछ। आर्थिक कारोबारमा विवाद आउनसक्छ।