• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा बृद्धाश्रम लगायतद्वारा अमेरिकाका राधेगुरु लगायतलाई सम्मान


  •    अभियान हाम्रो डट कम / बुधबार, मङि्सर २६, २०८१  

  • पोखरा, मङ्सिर

    पोखरा बृद्धाश्रम सहितका संघसंस्थाद्वारा सामुहिक रुपमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित पटनेरीमा सञ्चालित कोटिहोममा संयुक्त राज्य अमेरिकाबाट आउनु भएका पोखराका शोभाकान्त ढकाल(राधेगुरु) लगायतलाई सम्मान गरिएको छ ।

    कोटीहोममा आध्यात्मिक एवम सामाजिक विकासका लागि स्वदेश र विदेशमा रहँदा मानवीय सहयोग जुटाउनु भएकोमा पोखरा बृद्धाश्रम सहित पोखराका विभिन्न संघसंस्थाका तर्फबाट राधेगुरुलाई नागरिक अभिनन्दन सहित सम्मान गरिएको पोखरा बृद्धाश्रमका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले जानकारी दिनुुभयो ।

    शोभाकान्त ढकाल(राधेगुरु)ले आफुले २८ बर्ष अगाडि पोखरा बृद्धाश्रममा यस्तै शुभकार्य गरेको स्मरण गर्दै असहाय, बेवारिसे आमाबुवाका लागि स्थापना गरिएको आश्रमको विकास देख्दा अचम्मका साथै हर्षित बनेको बताउनुुभयो ।

    प्रजातन्त्र सेनानी एवम् पोखरा क्षेत्रका अग्रज सामाजिक व्यक्तित्व स्व.ऋषि केशव पराजुलीको परिकल्पनामा स्थापना भएको उक्त आश्रमलाई आफुले पनि सक्दो सहयोग गर्ने उहाँले बताउनुुभयो ।
    कोटीहोममा विश्व हिन्दु महासंघका सल्लाहकार भगिरथ योगीले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु साझा कतव्य भएको बताउनुुभयो ।
    सम्मान तथा अभिनन्दन कार्यक्रममा अन्नपूर्णेश्वर शिवालय, शिवशक्ति धाम, पटनेरी टोल बिकास संस्था, श्री जागृति आमा समुह, श्री नमुना आमा समुह, गण्डकी रिभरसाईड युवा क्लव लगायतको सहभागिता रहेको कार्यक्रका संयोजक भीमप्रसाद चुवाईले जानकारी दिनुुभयो ।

    पटनेरीमा स्थापना गरिएको अन्नपूूर्णेश्वर धाम एवम् शिवालय मन्दिरकोे प्राण प्रतिष्ठाको कोटीहोममा बाल बालिकाहरुको निशुल्क ब्रतवन्ध र ज्येष्ठ नागरिकहरूको चौरासी पूजा समेत गरिएको आयोजकले जनाएको छ । कोटीहोममा भक्तजनको आकर्षण दिनानुदिन बढीरहेको कोटीहोम कार्यक्रमका व्यवस्थापन संयोजक मदन गिरीले जानकारी दिनुुभयो ।
    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्नुुभएको कोटिहोममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्की लगायत विभिन्न उच्चपदस्थ अधिकारीे सहभागि भैसक्नुुभएको छ ।

    अलकापुर आमा समुह, अलकापुर टोल विकास संस्था र अलकापुर ज्येष्ठ नागरिक दिवासेवा,अलाकापुर बचत तथा ऋण सहकारी संस्थालगायतले कोटीहोममा सहयोग गरेका छन् । कोटीहोम मङ्सिर २७ गतेसम्म चल्नेछ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.