“माटोको सुधार : परीक्षण, रेखदेख र उपचार” भन्ने नाराका साथ ११ औं विश्व माटो दिवस पोखरामा मनाइएको छ ।
गण्डकी प्रदेश सरकार कृषि, भुमिसुधार तथा सहकारी मन्त्रालय, कृषि बिकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशालाको आयोजनामा भएको कार्यक्रममा मन्त्रालयका सचिव टंक प्रसाद प्रसाइले कृषि र यससँग सम्बन्धित सरोकारवालाको अगाडि माटोको सुरक्षा गर्ने चुनौती थपिएकोले सामनाका लागि सजग हुनुपर्नेमा जोड दिए ।
उनले माटोको सुरक्षित उपचार गर्दै भावी पुस्तालाई स्वछ माटो हस्तान्तरण गर्नु अहिलेको जिम्मेवारी भएको बताए ।
प्रयोगशाला प्रमुख सुनिल पाण्डेले माटो दिवस किन मनाईन्छ,कसरी मनाईन्छ ,यसको सुरुवात कहाँबाट भएको र माटोको बिशेष्ताको बिषयमा जानकारी दिएका थिए । पाण्डे को अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले माटोको उत्पादकत्व ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
माटो दिवसकै अवसरमा आयोजित निबन्ध प्रतियोगितामा अमरसिंह माबी का प्रान्जल पौडेल प्रथम भएका छन् ।
यसैगरी अन्नपूर्ण माविका बिमल बिक दोस्रो, पोखरा चिसाखोला वेद विद्याश्रमका अपिल अधिकारी तेस्रो र बिन्धेश्वरी माबिकी सोनिया अधिकारीले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा बिजेतालाई कार्यक्रमका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
✍️ अजय क्षेत्री